नवलपरासी, २५ भदौ

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुक यतिबेला निर्वाचनमय भएको बताएका छन् । "/>

मुलुक निर्वाचनमय भैसक्यो : मन्त्री वस्नेत

मुलुक निर्वाचनमय भैसक्यो : मन्त्री वस्नेत


नवलपरासी, २५ भदौ

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुक यतिबेला निर्वाचनमय भएको बताएका छन् ।

नवलपरासीको बर्दघाटमा शनिबार साँझ पत्रकारसँग कुराकानी गर्दै मन्त्री बस्नेतले प्रदेश नं २ को निर्वाचन लगत्तै प्रदेशसभा र प्रतिनिधिसभाका लागि कार्यतालिका अनुसार निर्वाचन हुने बताए । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बस्नेतले स्थानीय तहको निर्वाचनपछि देश संघीयतामा गइसकेको समेत बताएका छन् । तराईका जिल्लामा हालै आएको बाढी पहिरोको विषयमा मन्त्री बस्नेतले प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्ने विपत् व्यवस्थापन ऐन छिट्टै व्यवस्थापिका–संसद्मा प्रवेश गराउने बताएका छन्। रासस

Logo