काठमाडौं , २४ भदौ
काठमाडौं र ललितपुर महानगरपालिकाको फोहोर केही दिन देखि उठ्न सकेको छैन । काठमाडौं महानगरपालिकासँग विगतमा भएका माग सम्बोधन नभएको भन्दै नुवाकोट स्थित सिसडोलका स्थानीयले ७ भदौ देखि फोहोर फाल्न दिएका छैनन् । "/>

उठ्न छोड्यो राजधानीको फोहोर

उठ्न छोड्यो राजधानीको फोहोर


काठमाडौं , २४ भदौ
काठमाडौं र ललितपुर महानगरपालिकाको फोहोर केही दिन देखि उठ्न सकेको छैन । काठमाडौं महानगरपालिकासँग विगतमा भएका माग सम्बोधन नभएको भन्दै नुवाकोट स्थित सिसडोलका स्थानीयले ७ भदौ देखि फोहोर फाल्न दिएका छैनन् । दुई महानगरपालिका सहित उपत्यकाका केही नगरपालिकाको फोहोर सिसडोलमा लगि ‘डम्पिङ’ गरिँदै आइएको छ । काठमाडौं महानगरपालिकाका अनुसार सडक निर्माण गरिनुपर्ने, क्षतिपूर्ति प्राप्त हुनुपर्ने, विद्यालय तथा अस्पताल निर्माण गरिनुपर्ने, एम्बुलेन्स सेवा तत्काल दिनुपर्ने लगायत माग राखी सिसडोलका स्थानीय आन्दोलनरत छन् । अघिल्लो हप्ता पनि यसै गरि फोहोर उठाउन अवरोध भएको थियो । पटक पटक यहाँका वासिन्दाले यसै गरि अवरोध पुर्याउँदै आएका भएपनि सरकारले उनीहरुका माग सम्बोधनमा चासो देखाएको छैन ।
नयाँपत्रिकाबाट

Logo