‘द नेक्स्ट एजुकेशन’: चितवन र बुटवलपछि अब पोखरामा पनि

‘द नेक्स्ट एजुकेशन’: चितवन र बुटवलपछि अब पोखरामा पनि


केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौं, २३ भदौ । शैक्षिक परामर्श संस्था ‘द नेक्स्ट एजुकेशन कन्सलटेन्सी’ले पोखरामा नयाँ शाखा बिस्तार गरेको छ । काठमाडौंको पुतलीसडकमा केन्द्रीय कार्यालय रहेको द नेक्स्टले यसअघि चितवन र बुटवलमा शाखा कार्यालय विस्ता गरिसकेको छ ।

कम्पनीका कार्यकारी प्रमुख शालिकराम भण्डारीले आम सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै पोखरामा शाखा बिस्तार गरेको जानकारी दिए । उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, न्यूजिल्याण्डलगायका देशहरुमा पठाउँदै आएको द नेक्स्टले पश्चिम क्षेत्रका विद्यार्थीहरुको सहजताका लागि पोखरामा शाखा कार्यालय स्थापना गरेको जनाएको छ ।

विगत १४ वर्षदेखि अष्ट्रेलिया र न्यूजिल्याण्डका विभिन्न विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुलाई परामर्श सेवा प्रदान गरिरहेको नेक्स्टले अष्ट्रेलियाको सिड्नीमा अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीहरुलाई सेवा प्रदान गर्न सर्भिस सेन्टर समेत सञ्चालन गर्दै आएको छ ।

Logo