मेयरका उम्मेद्वारको घरमा बम विस्फोट

मेयरका उम्मेद्वारको घरमा बम विस्फोट


धनुषा, २३ भदौ । धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाका प्रमुख पदका उम्मेदवारको घरमा अज्ञात समूहले बम विस्फोट गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुखका उम्मेदवार प्रक्षा शाह मल्लको घरमा विस्फोट भएको हो ।

अज्ञात व्यक्तिले घरको कम्पाउण्डभित्र गएर बम विस्फोटन गराएको प्रहरीले जनाएको छ । घटनापछि धनुषाधामको सुरक्षा अवस्था अत्यन्तै कडा पारिएको छ ।

Logo