काठमाडौँ, २३ भदौ ।
हिमालपारीको जिल्ला मुस्ताङबाट यस बर्ष दसैँतिहारलाई लक्षित गरी २० हजार भन्दा बढी भेंडाच्याङग्रा ल्याइने भएको छ । "/>

दशैंमा मुस्ताङका २० हजार भेंडाच्याङग्रा राजधानी ल्याइदैं

दशैंमा मुस्ताङका २० हजार भेंडाच्याङग्रा राजधानी ल्याइदैं


काठमाडौँ, २३ भदौ ।
हिमालपारीको जिल्ला मुस्ताङबाट यस बर्ष दसैँतिहारलाई लक्षित गरी २० हजार भन्दा बढी भेंडाच्याङग्रा ल्याइने भएको छ । १५ भदौ देखि उपल्लो मुस्ताङका सीमाक्षेत्रका स्थानीय र तिब्बतका व्यापारी बीच कोरलानाका क्षेत्रमा अन्तरदेशीय व्यापार मेला जारी छ ।

मेलामा दसैँतिहारलाई लक्षित भेंडा खरिदबिक्री भइरहेको छ । व्यापारमेला र नेपाली किसानहरुबाट गरी नेपाली व्यापारीले १५ हजारको हाराहारीमा भेडा खरिद गर्ने अनुमान गरिएको जिल्ला पशु सेवा कार्यालय मुस्ताङका योजना अधिकृत आइतबहादुर थकालीले जानकारी दिए ।
उनकाअनुसार ५ हजारको हाराहारीमा च्याङग्रा ल्याइनेछ । ‘मेला केही दिनमा सकिँदैछ, तर अहिले सम्म बुझ्दा भेडाको खरिदबिक्री उत्साह जनक छ,’ उनले भने, ‘गत वर्षमा सीमाक्षेत्रका किसानले पहिला नै ल्याएर राख्थे, अहिले मेलामै किनबेच भइरहेको छ, यस वर्ष २० हजार भेडाच्याङग्रा बजारमा जाने अनुमान छ ।’ कार्यालयको तथ्यांकअनुसार गत वर्ष १३ हजार भेंडा र ८ हजार ४५ च्याङग्रा मुस्ताङबाट बाहिरिएका थिए । त्यसबाट मुस्ताङका किसानले २७ करोड रुपैयाँ बराबरको कारोबार गरेका थिए । चाडपर्वको समयमा नेपाली बजारमा हुने मासुको मागलाई तिब्बत र सीमा क्षेत्रका किसानले पालेका भेंडाच्याङ्ग्राले धेरै हदसम्म पूर्ति गर्दै आएको छ ।
नयाँपत्रिकाबाट

 

Logo