चोरी गरी फरार अभियुक्त २९ वर्षपछि पक्राउ

चोरी गरी फरार अभियुक्त २९ वर्षपछि पक्राउ


पोखरा, २२ भदौ । 

जिल्ला प्रहरी कार्यालय कास्कीको फरार रहेका अपराधीलाई पक्राउ गर्ने अभियानअन्तर्गत २९ वर्षपछि एकजना चोरीका अभियुक्तलाई पक्राउ गरेको छ । 

कास्की जिल्ला अदातलको २०४५ जेठ १९ गतेको फैसलाअनुसार एक वर्ष दुई महिना १५ दिन कैद तोकिएका पोखरा लेखनाथ महानगरपालिका वडा नंं ५ का राजेन्द्र भट्टराईलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।  

उनका अनुसार सार्वजनिक अपराधमा संलग्न भई लुकीछिपी बसेका पोखरा लेखनाथ महानगरपालिका वडा नं १२ लालीगुराँस टोल बस्ने ललित गुरुङ, लागुऔषध मुद्दाअन्तर्गत तीन महिला छ दिन कैद र पाँच हजार जरिवाना तोकिएका पोखरा–६ का विवेक तामाङ र चोरी मुद्दामा दुई दिन कैद र रु २० हजार ७५ बियो तोकिएका पोखरा–९ अभियुक्त शुभम गुरुङलाई पनि पक्राउ गरिएको हो । रासस 

Logo