झापा , २२, भदौ  

देशैभरि अपराधका घटनाहरु एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् । "/>

२२ थान मानव खप्पर बरामद

२२ थान मानव खप्पर बरामद


झापा , २२, भदौ  

देशैभरि अपराधका घटनाहरु एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् । यो श्रृखंला झपामा पनि दोहोरिएको छ । यहाँ मानव खप्पर सहित एकजना समातिएका छन् । भारतबाट नेपाल छिरेको एउटा रिक्सा जाँच गर्ने क्रममा झोला भित्र हेर्दा सुरुमा त प्रहरीकै होस उड्यो । लुकाएर ल्याएको झोला खोलेर हेर्दा मान्छेको खप्पर देखेपछि प्रहरी नै तर्सिएका हुन्। झोलामा मानव खप्पर २२ वटा थिए।

काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका–८ घर भएका ५२ बर्षीय सोम तामाङलाई प्रहरीले मानव खप्पर २२ थान सहित पक्राउ गरेको छ । मेचीनगर नगरपालिका–६ स्थित इलाका प्रहरी कार्यालय काकडभिट्टाको गेट अगाडी भारतबाट नेपालतर्फ आउदै गरेको रिक्सालाई जाँच गर्दा मानव खप्परले भरिएको झोलाहरु फेला परेको बताइएको छ ।अभियुक्त उक्त खप्पर कुन प्रयोजनका लागि कहाँ पुर्याउने योजनामा थिए भन्ने बारे खुलेको छैन। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Logo