२० भदौ ,काठमाडौं
काभ्रे, सिन्धुपाल्चोक र महोत्तरी गरी तीन ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरिसकेको धुर्मुस -सुन्तली फाउण्डेशनले पुनः अर्को एकीकृत नमुना बस्ती निर्माणको घोषणा गरेको छ । "/>

धुर्मुस सुन्तलीले चौथो नमुना बस्ती बनाउने

धुर्मुस सुन्तलीले चौथो नमुना बस्ती बनाउने


२० भदौ ,काठमाडौं
काभ्रे, सिन्धुपाल्चोक र महोत्तरी गरी तीन ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरिसकेको धुर्मुस -सुन्तली फाउण्डेशनले पुनः अर्को एकीकृत नमुना बस्ती निर्माणको घोषणा गरेको छ ।

भूकम्प पीडित तथा मुसहर बस्तीका लागि नमुना बस्ती निर्माण गरेको उक्त फाउण्डेसनले यो पटक भने बाढीपीडितहरूका लागि बस्ती निर्माण गर्न लागेको हो । कलाकार तथा समाजसेवी सीताराम कट्टेल धुर्मुस नेतृत्वको धुर्मुस -सुन्तली फाउण्डेशनले बाढीका कारण पीडितहरूको अवस्था एकदमै पीडादायी रहेको, पालमुनि बस्नुपर्ने अवस्था रहेको र यसबाट अरू कुनै पनि मानवीय क्षति नहोस् भन्नका लागि बस्ती निर्माण गर्ने योजना बनाएको बताइएको छ । बस्ती निर्माणको घोषणा भए पनि कहाँ र कति बजेटको कति घर निर्माण गरिदिने भन्नेबारे भने टुंगो नरहेको फाउण्डेशनले जनाएको छ ।

हिमालय टाइम्सबाट

Logo