२० भदौ ,काठमाडौं
नेपाल एलपी ग्याँस उद्योग संघले १५ दिनभित्र ग्याँस बुलेट सञ्चालनमा आउन नसके दसैंतिहार लगायत चाडवाडमा खाना पकाउने ग्याँसको ढुवानी ठप्प गर्ने चेतावनी दिएको छ । "/>

‘दशैंमा ग्याँस ढुवानी ठप्प पार्छौं ‘

‘दशैंमा ग्याँस ढुवानी ठप्प पार्छौं ‘


२० भदौ ,काठमाडौं
नेपाल एलपी ग्याँस उद्योग संघले १५ दिनभित्र ग्याँस बुलेट सञ्चालनमा आउन नसके दसैंतिहार लगायत चाडवाडमा खाना पकाउने ग्याँसको ढुवानी ठप्प गर्ने चेतावनी दिएको छ । संघले एक विज्ञप्ति निकाल्दै सरकारकै स्वीकृतिमा आफुहरूले बुलेट निर्माण गरेको र ती बुलेट एक वर्ष बित्न लाग्दा समेत आउन नसकेकाले बुलेट सञ्चालनमा ल्याउन १५ दिनको अल्टिमेटम दिएको छ ।

संघले निकालेको विज्ञप्तिमा ‘नेपालीको महान पर्व दसैं, तिहार, छठ तथा चुनावमा समेत बाध्यात्मक परिस्थितिका कारण ग्याँसको आपूर्तिमा अवरोध सिर्जना हुन सक्छ,’ भनिएको छ । गत शुक्रबार बसेको संघको २२ औं साधारण सभाले बुलेट सञ्चालनको वातावरण बनाउन सरकारलाई १५ दिनको अल्टिमेटमसमेत दिएको थियो ।
राजधानीबाट

Logo