काठमाडौं १८ भदौं । युवा ज्योतिष हरिहर अधिकारीले ‘बेस्ट रिसर्च इन एस्ट्रोलोजी’ अवार्ड प्राप्त गरेका छन् ।

एशियन एस्ट्रोलोजर कँग्रेसको आयोजनामा इन्डोनेसियाको बालीमा भएको १८ औँ सम्मेलनको अवसरमा अधिकारीले यो अवार्ड प्राप्त गरेका हुन् । "/>

युवा ज्योतिष हरिहर अधिकारीललाई ‘बेस्ट रिसर्च इन एस्ट्रोलोजी’ अवार्ड

युवा ज्योतिष हरिहर अधिकारीललाई ‘बेस्ट रिसर्च इन एस्ट्रोलोजी’ अवार्ड


काठमाडौं १८ भदौं । युवा ज्योतिष हरिहर अधिकारीले ‘बेस्ट रिसर्च इन एस्ट्रोलोजी’ अवार्ड प्राप्त गरेका छन् ।

एशियन एस्ट्रोलोजर कँग्रेसको आयोजनामा इन्डोनेसियाको बालीमा भएको १८ औँ सम्मेलनको अवसरमा अधिकारीले यो अवार्ड प्राप्त गरेका हुन् । यो अवार्ड पाउने अधिकारी नेपालका पहिलो ज्योतीष हुन् ।

अधिकारीले नेपालमा रहेर ज्योतिषशास्त्रमा पु¥याएको योगदान र अनुसन्धानलाई कदर गर्दै अन्तराष्ट्रिय हिन्दु पुजारी पण्डित डा. भि रमेश शास्त्री र बाली सँस्कृत इन्स्टिच्यूटका डाइरेक्टर वेद व्रम्हा श्री डा. रमेश शास्त्री गुरुजीले अवार्ड प्रदान गरेका हुन ।

सम्मेलनको क्रममा अधिकारीले आफ्नो सोधपत्र समेत प्रस्तुत गरेका थिए । उनले ‘आत्महत्या’को विषयमा सोध गरेका थिए । ‘मैले आत्महत्याको सोँच आउनुमा ग्रहदोश हुन्छ कि हुँदैन ? भन्ने विषयमा सोधपत्र प्रस्तुत गरेको थिएँ ।’ अधिकारीले भने– जुरीले मलाई उत्कृष्ट ठहर गर्दै यो अवार्ड प्रदान गरेको हो ।

अधिकारी सहित यो अवार्डका लागि ५ जनाको मनोनयन परेको थियो । भारतका दुईजना, बंगलादेशका १ जना र मलेशियाका १ जनालाई पछि पार्दै अधिकारीले अवार्ड प्राप्त गरेका हुन् ।

अर्वाड प्राप्त गरे पछि खुशी व्यक्त गर्दै अधिकारीले भने ‘यो अवार्ड म सँगै नेपालकै लागि पनि विशेष हो । यसले नेपालका ज्योतिश, वास्तुशास्त्रीहरुलाई अन्तराष्ट्रियकरण गराउन अझै योगदान दिने मैले ठानेको छु ।

एशियन एस्ट्रोलोजर कँग्रेसका अनुसार यो अवार्ड पाउने अधिकारी दोस्रो व्यक्ति हुन् । यसअगाडि कँग्रेसको तेस्रो सम्मेलनको क्रममा भारतको तर्फबाट त्यहाँका एक ज्योतिषले यो अवार्ड प्राप्त गरेका थिए ।

इन्डोनेशियाको बालीमा भएको यो सम्मेलन आइतबारदेखि शुरु भएको हो । सम्मेलनमा भारत, नेपाल, मलेशिया, थाइल्याण्ड, बंगलादेश, श्रीलंका लगाएतका देशहरुबाट ज्योतिष, वास्तुविद र तान्त्रिकहरुले सहभागिता रहेको छ ।

Logo