पेरिसमा खुल्यो न्यूडिस्ट पार्क

पेरिसमा खुल्यो न्यूडिस्ट पार्क


पेरिस, १८ भदौ । पश्चिमी मुलुकका प्रकृतिप्रेमीहरुले निवस्त्र घुमफिर गर्न पाउनु पर्ने मागलाई बलियो ढंगले प्रस्तुत गर्दै आएका छन् । यस्ता प्रकृतिप्रेमीहरुले पश्चिमी मुलुकका धेरै स्थानमा निवस्त्र हिड्डुल गर्न पाउने अधिकार पनि पाउदैं आएका छन् ।

यसैक्रममा हालै पेरिसमा चराहरुलाई वासस्थानको रुपमा छुट्याईएको बोईस डी भिन्सेनिज पार्कलाई पहिलो पटक न्यूडिस्ट पार्कको रुपमा मान्यता दिएको छ । फ्रेन्चले विश्वकै आकर्षणको केन्द्रबिन्दुका रुपमा रहेको पेरिसमा एउटा न्यूडिस्ट पार्क खोल्नु पर्ने माग गर्दै आएका थिए ।

एक अनुमान अनुसार अहिले फ्रान्समा २५ लाख ब्यक्तिहरुले निवस्त्र हिड्डुल गर्न रुचाउने गरेका छन् । यसका लागि सरकारले ४ सय वटा समुन्द्रि तटलाई खुला गरेको छ भने पहिलो पटक पेरिस भित्र पार्कलाई पनि मान्यता दिएको हो । पार्क संचालनमा आएको पहिलो दिनमै केही न्यूडिस्टहरुले पार्कमा स्वतन्त्र घुमेर खुशियाली मनाएका थिए ।

(एजेन्सी)

Logo