काठमाडौं, १८ भदौ
एएफसी एसियन कप छनोटअन्तर्गत ताजकिस्तान विरुद्ध हुने खेलका लागि नेपालको राष्ट्रिय टोली घोषणा भएको छ । "/>

ताजकिस्तानविरुद्धको खेलका लागि नेपाली टोली घोषणा

ताजकिस्तानविरुद्धको खेलका लागि नेपाली टोली घोषणा


काठमाडौं, १८ भदौ
एएफसी एसियन कप छनोटअन्तर्गत ताजकिस्तान विरुद्ध हुने खेलका लागि नेपालको राष्ट्रिय टोली घोषणा भएको छ । २० भदौमा सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको एस्ट्रो टफमा हुने खेलका लागि नेपाली टोलीको शनिबार घोषणा भएको हो । नेपालले छनोट खेलअन्तर्गत दोस्रोपटक घरेलु मैदानमा प्रतिस्पर्धा गर्न लागेको हो ।

मुख्य प्रशक्षिक ग्यातुको कोजीले २३ सदस्यीय टोलीमा अनिल गुरुङलाई पारेनन् । उनको सट्टामा त्रिभुनव आर्मीका फरवार्ड जर्ज प्रिन्स कार्की पहिलोपटक राष्ट्रिय टिममा पर्न सफल भएका छन् । राष्ट्रिय फुटबल टोलीबाट ५० खेल पूरा गर्ने तयारीमा रहेका अनिल गुरुङ टिममा नपरेपछि उनको योजना यसपटक साकार नहुने भएको छ । यस अघि यमनसँग जेठमा भएको खेलमा अनिलले ४९ औं क्याप जितेका थिए ।

यस्तो छ नेपाली टिमः

गोलकिपर – विकेश कुथू, विशाल श्रेष्ठ, किरण चेम्जोङ

रक्षक – विराज महर्जन, जितेन्द्र कार्की, कमल श्रेष्ठ, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, आदित्य चौधरी

मिडफिल्डर – हेमन गुरुङ , हेमन्त थापा मगर, विक्रम लामा, विशाल राई, सुजल श्रेष्ठ, सुनिल बल, रोहित चन्द, अञ्जन विष्ट, सुमन लामा

फरवार्ड – नवयुग श्रेष्ठ, भरत खवास, विमल घर्ती मगर, जर्ज प्रिन्स कार्की

प्रशिक्षक टोली – ग्यातुको कोजी (प्रमुख प्रशिक्षक), राजु शाक्य (प्रशिक्षक), उज्ज्वल मानन्धर (गोलकिपर प्रशिक्षक)
राजधानीबाट

Logo