#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20156847736189642508812995570
नेपाल2331079673816493

पूर्व मुमा बडामहारानीको स्वास्थ्य अवस्था बुझ्न ज्ञानेन्द्र पुगे नर्भिक (भिडियोमा)

काठमाडौं । पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको स्वास्थ्यमा सामान्य सुधार देखिएको छ । उनको रुघा तथा खोकीको औषधी चलिरहेको छ भने शरीरका अन्य संक्रमण पनि कम हुँदै गएको छ ।

उनलाई अझै केही दिन अस्पताल राख्नुपर्ने नर्भिक अस्पतालले जनाएको छ । ९० वर्षीया रत्नराज्य लक्ष्मी देवी शाहलाई विगत एक सातादेखि रुघा खोकीलगायतको समस्या देखिदै आएको थियो ।

उनमा खोकी लाग्ने, कफ आउन गाह्रो हुने तथा पालतो दिशा आउने तथा पिसाब कम हुने समस्या देखिएपछि उनलाई मंगलबार बेलुकी थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

उनको स्वास्थ्य अवस्थाबारे बुझ्न पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् । राजधानी बाहिर रहेका पूर्वराजा ज्ञानेन्द्र नर्भिक पुगेर मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आमा विरामी भएपछि पूर्वराजा ज्ञानेन्द्र, रानी कोमल, पूर्व युवराज्ञी हिमानी नर्भिक पुगेका हुन् ।

सम्बन्धित समाचारहरु