तीनकुनेमा रोपियो १५ सय वटा गुर्जोका बिरुवा

तीनकुनेमा रोपियो १५ सय वटा गुर्जोका बिरुवा


काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंको तीनकुनेमा रहेको खाली जमिनमा गुर्जोका बिरुवा रोपेको छ ।

आज शनिबार एक कार्यक्रमबीच महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख (प्रहरी वरिष्‍ठ उपरीक्षक) भीमप्रसाद ढकाल, प्रहरी उपरिक्षक रामेश्वरप्रसाद यादव, प्रहरी अधिकृत तथा कर्मचारीहरूको सहभागितामा १५ सय वटा गुर्जोका विरुवा रोपिएका हुन् । यस्तै आजै उपत्यकामा रहेका ४४ वटै ट्राफिक कार्यालयमा पनि ५/५ वटा गुर्जोका बिरूवा रोपिएका छन् ।

‘‘रोग प्रतिरोध क्षमता वृद्धि गर्न गुर्जोको सेवन निकै प्रभावकारी र फाइदा भएकाले उपत्यकाको खाली जग्गा तथा ट्राफिक कार्यालयका परिसरहरूमा यस्ता बिरुवा रोप्‍ने काम सुरु गरेका हौं।” उनले भने ।

आन्तरिक राजस्व कार्यालय लाहानका कार्यालय प्रमुख तथा अभियानकर्मी कमलबहादुर राजलवट र राष्ट्रिय योजना आयोगका सह-सचिव किशोर जोशीले ट्राफिक महाशाखालाई उक्त गुर्जोका बिरुवा वितरण गरेको महाशाखाले जनाएको छ ।

Logo