रोनाल्डोले १९ दिनमा जिते कोरोना

रोनाल्डोले १९ दिनमा जिते कोरोना


पोर्चुगल राष्ट्रिय टोलीका कप्तान तथा युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोले कोरोना जितेका छन् ।

उनलाई गत अक्टोबर दोस्रो साता कोरोना संक्रमण भएको थियो । रोनाल्डो संक्रमण भएपछि सेल्फ आइसोलेसनमा बस्दै टुरिन फर्केका थिए । उनले च्याम्पियन्स लिगको समूह चरणको युभेन्ट्स र बार्सिलोनाबीचको खेलमा सहभागी हुन टुरिन फर्कने निर्णय गरेका थिए ‌। तर बार्सिलोनाविरुद्ध खेलको अघिल्लो दिनसम्म पनि नतिजा नेगेटिभ नआउँदा रोनाल्डोले खेल्न पाएका थिएनन् । उनको अनुपस्थितिमा युभेन्टसले २-० को हार बेहोरेको थियो ।

कोरोना संक्रमण भएको १९ औं दिनमा उनी संक्रमणमुक्त भएका हुन् । रोनाल्डोले संक्रमण हुनुअघि लिगको २ खेलमा ३ गोल गरिसकेका छन् ।

Logo