चितवन, १० भदौ
जिल्ला निर्वाचन कार्यालय र स्थानीय तहमा करिब ४४ हजारले मतदाता नामावलीमा तस्वीर सहितको नाम लेखाएका छन् । "/>

चितवनमा चवालीस हजार मतदाता थपिए

चितवनमा चवालीस हजार मतदाता थपिए


चितवन, १० भदौ
जिल्ला निर्वाचन कार्यालय र स्थानीय तहमा करिब ४४ हजारले मतदाता नामावलीमा तस्वीर सहितको नाम लेखाएका छन् ।

 निर्वाचन आयोगले मतदाता नामावलीमा नाम छुटेकाहरुको गत साउन १ देखि भदौ ३ गते सम्म निर्वाचन कार्यालय र साउन १६ देखि भदौ ३ गतेसम्म स्थानीय तहमा नामावली लेखाउन समय दिएकामा ४३ हजार ६०८ ले नाम लेखाए । निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालका अनुसार भरतपुर महानगरपालिकामा १८ हजार ८७३, इच्छाकामना गाउँपालिकामा एक हजार ५६७, कालिका नगरपालिकामा तीन हजार ७९१, खैरहनी नगरपालिकामा पाँच हजार ४५२, माडी नगरपालिकामा चार हजार चार, रत्ननगर नगरपालिकामा चार हजार ६४५ र राप्ती नगरपालिकामा चार हजार ६३ जनाले नाम लेखाएका छन् ।

बाहिरी जिल्लाका एक हजार २१३ जनाले यहाँ नाम लेखाएका छन् । ढकालका अनुसार चितवन सहित ७२ जिल्लाका मतदाताले नामावली दर्ता गराएका हुन् । चितवनमा यसअघि तीन लाख १३ हजार तीन मतदाता थिए । रासस

 

Logo