नुवाकोट, ९ भदौ ।
जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र नुवाकोटले कार्य शुरु गरेको छ । एक वर्षअघि स्थापना भएर पनि निष्क्रिय रहेको केन्द्रलाई पछिल्लो समय विपतका बेला घटनामा भएको वृद्धिसँगै सूचना सम्प्रेषणमा देखिएको कठिनाइलाई अन्त्य गर्न बिहीबारदेखि केन्द्र सञ्चालनमा ल्याइएको हो । "/>

नुवाकोटमा आपतकालिन कार्य संचालन केन्द्रले काम थाल्यो

नुवाकोटमा आपतकालिन कार्य संचालन केन्द्रले काम थाल्यो


नुवाकोट, ९ भदौ ।
जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र नुवाकोटले कार्य शुरु गरेको छ । एक वर्षअघि स्थापना भएर पनि निष्क्रिय रहेको केन्द्रलाई पछिल्लो समय विपतका बेला घटनामा भएको वृद्धिसँगै सूचना सम्प्रेषणमा देखिएको कठिनाइलाई अन्त्य गर्न बिहीबारदेखि केन्द्र सञ्चालनमा ल्याइएको हो । जिल्ला प्रशासन कार्यालय नुवाकोट परिसर स्थित जिल्ला दैवीप्रकोप उद्धार समितिको भवनबाट सञ्चालनमा आएको केन्द्रले जिल्लामा भएका विपतसँग सम्बन्धित घटनाको सूचना संकलन गरी जिल्ला र केन्द्रमा जानकारी गराउन शुरु गरेको प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले जानकारी दिए ।

“तत्कालका लागि केन्द्रलाई नेपाल प्रहरी मार्फत सञ्चालन गरिएको छ ।” प्रजिअ बरालले भने, “विपतको सूचना सम्प्रेषण प्रभावकारी बनाउन आगामी दिनमा सुरक्षा निकायका सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान कार्यालयका कर्मचारी समेत संलग्न गराउन लागेका छौँ ।” संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा अत्याधुनिक सञ्चार उपकरण र बन्दोबस्तीको सामग्री सहित सञ्चालनमा ल्याइएको केन्द्रले जिल्लामा प्राकृतिक तथा मानव सिर्जित विपतका घटनासँग सम्बन्धित सूचनाको संकलन र विश्लेषण गरी जिल्ला स्थित सरोकारवाला कार्यालयदेखि गृह मन्त्रालयमा रहेको केन्द्रीय आपत्कालीन कार्य सञ्चालन केन्द्रमा समेत सम्प्रेषण गर्ने जिम्मेवारी दिइएको छ । केन्द्र सञ्चालनले विपतका घटनाको सूचनालाई तथ्यपरक रुपमा समयमै संकलन गरी सम्बन्धित निकायमा सम्प्रेषण गर्दै घटना हुनु पूर्व हुनै नदिन र भएमा पनि ठूलो जनधनको क्षति हुनबाट रोक्न सहयोग पुग्ने विश्वास गरिएको छ । रासस

Logo