भदौ ९, रौतहट
रौतहटको दक्षिणीक्षेत्रका बाढीपीडित बालबालिका तथा वृद्धवृद्धा बिरामी पर्न थालेका छन् । राति परेको शीत र डुबानमा परेको चापाकलको दूषित पानी पिउनाले बिरामी बढेको स्वास्थ्यकर्मीहरु बताउँछन् । "/>

वाढीपीडितहरु विरामी हुन थाले

वाढीपीडितहरु विरामी हुन थाले


भदौ ९, रौतहट
रौतहटको दक्षिणीक्षेत्रका बाढीपीडित बालबालिका तथा वृद्धवृद्धा बिरामी पर्न थालेका छन् । राति परेको शीत र डुबानमा परेको चापाकलको दूषित पानी पिउनाले बिरामी बढेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

जिल्लाको फतुवा विजयपुर नगरपालिकाका रामएकवाल रामको परिवारका सबै सदस्य बिरामी छन् । उनीहरू डुबानमा परेका चापाकलको दूषित पानी पिउन बाध्य भएपछि विरामी परेका हुन् । बाढीले घर भत्कायो, सातासम्म परिवारले त्रिपाल अभावमा खुला आकासमै रात बिताए । अहिले परिवारका सबैलाई टाउको दुख्ने, रुघाखोकी, ज्वरोको समस्या छ ।
विभिन्न संघसंस्थाको सहयोगमा चिकित्सक संघ काठमाडौंले गरेको स्वास्थ्य शिविरमा परिवारै जँचाएको उनले बताए । उनको परिवार मात्र होइन, टोलका डेढ सय भन्दा बढी पीडित बिरामी परेका छन् । ज्वरो निको नभएपछि स्थानीय गम्हीरा दासले १० वर्षीय छोरा धर्मेन्द्रलाई स्वास्थ्य शिविरमा पुर्‍याए ।
गाउँमा बिक्री हुने सिटामोल औषधि खाँदा ज्वरो हट्ने, छाडेपछि फेरि आउने गरेपछि पीडितहरु समस्यामा परेका छन् । सामान्य ज्वरो, रुघाखोकी लाग्दा गाउँका सबैले पसलबाट औषधि किनेर खाने गरेका छन् ।
कान्तिपुरबाट

 

Skip This
Logo