भदौ ६ ,नेपालगन्ज
बाँके प्रहरीले नेपालगन्जका विभिन्न ठाउँबाट ठूलो परिमाणमा चरेस सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन महिला र १ पुरुष रहेका छन् । "/>

३० किलो चरेससहित चार जना पक्राउ

३० किलो चरेससहित चार जना पक्राउ


भदौ ६ ,नेपालगन्ज
बाँके प्रहरीले नेपालगन्जका विभिन्न ठाउँबाट ठूलो परिमाणमा चरेस सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन महिला र १ पुरुष रहेका छन् । नेपालगन्जको सल्यानी बगियास्थित एक घरमा चरेस विक्री भईरहेको सूचना पाएको प्रहरीले निक्कै सुझबुझका साथ सोमबार राति अपरेशन चलाएर चरेस कारोबारीलाई रंगेहात पक्राउ गर्न सफल भएको हो ।
चरेसको कारोबारबारे सूचना पाएको प्रहरीले खरिदकर्ता बनेर चरेसको कारोबार गर्ने गिरोहका सदस्यहरुलाई पक्राउ गर्न सफल भएको हो । सल्यानी बगियास्थित एक घरमा सादा पोशाकका प्रहरीहरु चरेस खरिद गर्न भन्दै पुगेका थिएँ । जहाँबाट ११ केजी चरेससहित सोमबहादुर पुन पक्राउ परे । पुनको बयानको आधारमा प्रहरीले नेपालगन्जको रामनगरस्थित एक घरमा पनि छापा मार्‍यो । रामनगरस्थित एक घरमा भाडामा बस्दै आएका दुई महिलाको साथबाट पनि प्रहरीले १९ केजी चरेस बरामद गर्‍यो । प्रहरीले रामनगरबाट रुकुम स्थायी घर भएकी ४५ बर्षीया दीप कुमारी पुन र सुर्खेत डाँडाखालीकी ४० बर्षीया प्रेमा चन्दलाई पक्राउ गरेको छ ।
अन्नपूर्णपोष्टबाट

Logo