भदौ ६ ,काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको पार्किङमा आइपुगेका सांसद रामअयोधी यादवलाई ट्याक्सीचालकले सोध्यो, कहाँ से आया ? उनले पनि चालकको मनोविज्ञान बुझेर भनिदिए, बिहार से आया हुँ, मिलन चोक जाना है । "/>

सांसद नै ठगिन्छन् ट्याक्सी चालकबाट

सांसद नै ठगिन्छन् ट्याक्सी चालकबाट


भदौ ६ ,काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको पार्किङमा आइपुगेका सांसद रामअयोधी यादवलाई ट्याक्सीचालकले सोध्यो, कहाँ से आया ? उनले पनि चालकको मनोविज्ञान बुझेर भनिदिए, बिहार से आया हुँ, मिलन चोक जाना है । धोतीकुर्तामा ठाँटिएका उनले चालकलाई ट्याक्सीको मिटर चलाउन भने तर उसले जाम हुने लगायत समस्या देखाएर चलाएन । उनी चुपचाप बसे ।
चालकले विमानस्थलबाट दरबारमार्ग, माइतीघर मण्डला हुँदै बानेश्वरभित्रको मिलन चोक पुर्‍यायो । सांसद यादवले भाडा कति भयो भनेर हिन्दीमै सोधे । चालकले नौ सय माग्यो ।ुए भाइ, म बिहारी होइन । नेपाली सांसद हुँ, ट्राफिकको डीआईजी सर्वेन्द्र खनाललाई फोन गरेर भन्छु अनि तिर्नुपरेको सबै तिरौंला, उनले नेपालीमा भने । चालक अब चाहिँ डरायो र भन्यो, होइन हजुर, त्यसो नगरौं । ३ सय दिए पुग्छ । एयरपोर्टबाट बानेश्वर पुगेको नौ सय मागियो । म सांसद हुँ, ट्राफिकको डीआईजीलाई फोन गरेर भन्छु भनेपछि ३ सय दिए पुग्छ भनियो । – रामअयोधी यादव, सांसद

सांसद यादवले यस्तो व्यथा संसद्को विकास समिति बैठकमा सोमबार सुनाएका हुन् । ट्याक्सी सेवामा गुणस्तरीयता, प्रभावकारिता एवं उपभोक्ता ठगी नियन्त्रणका लागि भएका प्रयास शीर्षकको बैठकमा सांसदहरूले राजधानीमा ट्याक्सी चढ्दाका तीता अनुभव पोखे । सांसद तुलसा राना मगरले हालै अनामनगर, हनुमानस्थानबाट अन्य ३ सांसदसहित शान्तिनगर जान खोज्दा ट्याक्सी चालक मानेनन् । नियमतः यात्रुले भनिसकेपछि चालकले उपत्यकाभित्र बाटो पुग्ने जुनसुकै ठाउँ जानैपर्छ । पहिलोले नमानेपछि मगर दोस्रो ट्याक्सीतिर गइन् । तर दोस्रो चालकले पनि मानेन । अनामनगरबाट शान्तिनगर जान खोज्दा कुनै ट्याक्सी चालकले मानेनन् । ट्राफिक कन्ट्रोलमा फोन गरिदिन्छु भन्दा उल्टै आफ्नै मोबाइल तेर्स्याए । -तुलसा रानामगर, सांसद
उनले क्षुब्ध हुँदै ट्राफिक कन्ट्रोललाई फोन गरिदिऊँ , भनिन् । चालक किन पो गल्थ्यो र ? उसले आफ्नै मोबाइल तेस्र्याउँदै जवाफ दियो, हुन्छ, ल मेरैबाट गर्नोस् न , हामी हतारमा थियौं । केही गर्न सकेनौं । हामीजस्ताले त निरीह बन्नुपर्छ भने सर्वसाधारणको हविगत के होला ? सांसद मगर भन्दै थिइन् ।
अन्नपूर्णपोष्टबाट

Logo