भदौ ६, काठमाडौं

प्रधानमन्त्री शेर बहादुर देउवाको आसन्न भारत भ्रमणमा विभिन्न सात वटा समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । "/>

प्रधानमन्त्री भोली भारत जाने

प्रधानमन्त्री भोली भारत जाने


भदौ ६, काठमाडौं

प्रधानमन्त्री शेर बहादुर देउवाको आसन्न भारत भ्रमणमा विभिन्न सात वटा समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । मन्त्री परिषद बैठकले देउवाको भारत भ्रमणका एजेण्डा , समझदारीपत्र तथा टोलिको टुंगो लगाएको हो ।
नेपालको पूर्ननिर्माणका लागि भारतले प्रतिवद्धता जनाएको २५ करोड अमेरिकी डलर अनुदान सहयोग परिचालनका लागि चार विधामा समझदारीपत्रमा हस्ताक्षर हुनेछ । जस अनुशार स्वास्थ्य, साँस्कृतिक सम्पदा र शिक्षामा क्रमशः पाँच पाँच करोड डलर र भूकम्पपीडितको घर निर्माणका लागि १० करोड डलर खर्च हुने अर्थ मन्त्रालय ले जनाएको छ ।

समझदारी हुने विषय :
– स्वास्थ, सांस्कृतिक सम्पदा र शिक्षासम्बन्धी
– पुनर्निर्माणमा सहयोगसम्बन्धी
– गुणस्तर तथा नापतौलसम्बन्धी
– मेची पुल निर्माण र लागुऔषध ओसारपसार नियन्त्रणसम्बन्धी
– पशुपति क्षेत्र पुनर्निर्माणमा सहयोग गर्नेसम्बन्धी

अन्नपूर्णपोष्टबाट

Skip This
Logo