नेप्से परिसू्चक २३ अंकले घट्यो

नेप्से परिसू्चक २३ अंकले घट्यो


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ४ भदौ । 

सेयर बजार घट्ने क्रमले गत साता पनि निरन्तरता पाएको छ । पछिल्लो साताभर ७ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साता करिब २४ अंकले घटेको हो । 

गत आर्थिक वर्षको कार्यसम्पादन विवरण सार्वजनिक भएसँगै सेयर बजार नकारात्मक भएको छ । सेयर लगानीकर्ताले अपेक्ष गरे अनुसारको प्रतिफल नआउने देखेपछि सेयर लगानीकर्ता निराश भएका हुन् । त्यसका साथै गत साता तराई क्षेत्रमा आएको भिषण बाढीका कारण पनि समग्र अर्थतन्त्रमा असर गर्ने भएपछि त्यसको प्रभाव सेयर बजारमा देखिएको लगानीकर्ता बताउँछन । 

यो साता नेप्सेमा ४ दिन सेयर कारोबार भएको छ । साताको पहिलो दिन आइतबार र मंगलबार दोहोरो अंकले घटेको नेप्से परिसूचक बुधबार सामान्य बढेको थियो । तर, साताको अन्तिम दिन बिहीबार सामान्य अंकले घटेको थियो । 

यो साताको पहिलो दिन आइतबार कारोबार हुँदा १६५३.५३ अंकमा रहेको नेप्से परिसूचक साताभर २३.७८ अंकले घटेर १६२९.७५ अंकमा झरेको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इण्डेक्स पनि ४.६९ अंकले घटेको छ ।

यो साता नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ १६.५४, विकास बैंक ३४.१, होटल ५१.८५, जलविद्युत ५१.३३,  बिमा १५५.५, अन्य ८.९६ र उत्पादन मूलक १२४.२ अंकले घटेका छन् । तर, यो साता वित्त समूह मात्र १.०९ अंकले बढेको छ । यो साता व्यापार समूहको कारोबार भए पनि कुनै परिवर्तन हुन सकेन । 

यो साता नेप्सेमा १७८ कम्पनीको २७ हजार ४ सय ६६ कारोबारबाट ३ अर्ब पाँच करोड ६७ लाख ६२ हजार रुपैयाँ बराबरका ८४ लाख ४६ हजार चार सय ६० कित्ता सेयरहरू खरिद–बिक्री भएका छन् । यो कारोबार रकम गत साताको तुलनामा १९.९५ प्रतिशतले थोरै हो ।

गत साता नेप्सेमा १६८ कम्पनीको ३४ हजार ७ सय ७३ कारोबारबाट ३ अर्ब ८१ करोड ८४ लाख ६० हजार रुपैयाँ बराबरका एक करोड २१ लाख तीन हजार पाँच सय ८० कित्ता सेयरहरू खरिद बिक्री भएका थिए ।

यो साता नेप्सेमा ५ कम्पनीको २८ करोड ९० लाख रुपैयाँ बराबरको २८ लाख ९० हजार ६ सय ५५ कित्ता विभिन्न सेयर सूचीकृत भएका छन् । यो साता नेप्सेमा एक कम्पनीको साधारण, ३ कम्पनीको हकप्रद र एक कम्पनीको बोनस सेयर कारोबारका लागि सूचीकृत भएका छन् ।  

फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लि.     हकप्रद     १३२२५०० कित्ता

फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लि.     हकप्रद     १३२२५०० कित्ता

महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लि.  साधारण   ४००००० कित्ता

सेती फाइनान्स लि.                                वोनस         ५७१०८ कित्ता

नेरुडे लघुवित्त विकास बैंक लि.                   हकप्रद        ९००००० कित्ता 

सानिमा बैंक लि.                                   हकप्रद       २११०४७ कित्ता 

Logo