वर्षाका कारण मोरङमा तीन करोडको तरकारीबाली नष्ट

वर्षाका कारण मोरङमा तीन करोडको तरकारीबाली नष्ट


विराटनगर, १ भदौ । वर्षाका कारण मोरङमा रु तीन करोड मूल्य बराबरको तरकारीबाली नष्ट भएको छ । 

जिल्ला कृषि विकास कार्यालयका प्रमुख मनोजकुमार यादवका अनुसार तरकारीखेती नष्ट भएपछि यतिखेर विराटनगरलगायत क्षेत्रमा तरकारीको मूल्य अकासिएको छ । पोखरीमा बाढी पसेपछि रु एक करोड मूल्य बराबरको माछा नष्ट भएको छ । 

माछा उत्पादन हुने गरेका कटहरी, जहदा, पथरी–शनिश्चरे, बेलबारीलगायत क्षेत्रका किसान मारमा परेका छन् । मोरङमा धानबालीमा भएको क्षतिको तथ्यांक संकलन हुन सकेको छैन ।

जिल्लाका सोनवर्षी, रंगेली, सुन्दरहरैचा, बूढीगंगालगायत दक्षिणी क्षेत्रका तीन हजार हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएको धानबाली डुबानमा परेको छ । पानी घटेपछि मात्र क्षतिको अनुमान गर्न सकिने यादवले बताए । रासस 

Logo