दशैँमा पनि बजार अनुगमन, पानी उद्योग सिलबन्दी

दशैँमा पनि बजार अनुगमन, पानी उद्योग सिलबन्दी


काठमाडौं l

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दशैँ बिदामा ३० वटा फर्मको अनुगमन गरेको छ ।  अनुगमनका क्रममा नियमविपरित सञ्चालित एक चौथाइ फर्मलाई कारबाही गरेको विभागको दाबी छ ।

विभागका निर्देशक रवीन्द्र आचार्यको नेतृत्वमा दशैँमा बढी कारोबार हुने लत्ताकपडा, माछामासु, खाद्यान्न, प्रशोधित खानेपानी, तरकारी, फलफूल र मिठाई पसलको अनुगमन गरिएको थियो ।

विगतका वर्षमा दसैँ बिदामा उपभोक्ता ठगिने गरेकाले यस वर्ष बिदामा समेत अनुगमनलाई निरन्तरता दिएको अनुगमनको नेतृत्व गरेका निर्देशक आचार्यले जानकारी दिए ।

दसैँमा माछामासु, खाद्यवस्तु, लत्ताकपडाको बढी कारोबार हुने भए पनि उपभोक्ताले गुनासो बढी प्रशोधित पिउने पानीमा गरेको उनले जानकारी दिए ।
उनका अनुसार यसबीचमा पानी उद्योगको अनुगमन गरिएकामध्ये टोखा नगरपालिकाको शुभलक्ष्मी फुड एन्ड वेभरेज प्रालिको पानी उद्योगलाई सिलबन्दी गरिएको छ भने तारकेश्वर नगरपालिकाको मनमैँजुमा रहेको त्रिशूली मिनरल एन्ड वेभरेज प्रालिलाई जरिवाना गरिएको छ ।

Logo