एमालेको ५ बुँदै ज्ञापन पत्र

एमालेको ५ बुँदै ज्ञापन पत्र


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १ भदौ ।

नेकपा (एमाले)ले तराईका बाढी पीडितहरु विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ५ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

अविरल वर्षाका कारण देशका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति सरकार गम्भीर हुनुपर्ने र उद्धार, राहत तथा पुनःस्थापनाको काम प्रभावकारी हुनुपर्ने भन्दै एमालेले सरकारलाई प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझाएको हो ।

अध्यक्ष ओलीले नेतृत्व गरेको टोलीमा महासचिव ईश्वर पोखरेल, पूर्वसभामुख सुवास नेम्वाङ, प्रमुख सचेतक भानुभक्त ढकाल, नेता राजेन्द्र पाण्डेसहितको सात सदस्यीय प्रमण्डलले प्रधानमन्त्री देउवालाई भेटेको थियो ।
एमाले अध्यक्ष ओलीले दक्षिणी छिमेकी भारतको सीमास्थित कोशी बाँधका ढोकाहरु समयमै नखोल्दा पूर्वी तराईमा विकराल समस्या उत्पन्न भएको परिस्थितिमा तुरुन्तै कुटनीतिक पहल गरी बाँधका ढोकाहरु खोल्नुपर्ने दायित्वप्रति सरकारले समयोचित कदम चाल्न पनि आग्रह गरे।

राज्यको सम्पूर्ण शक्ति पीडितहरुको उद्धार, राहत तथा पुनः व्यवस्थापनमा लगाउन एमालेले सरकारसमक्ष माग गरेको छ । एमालेले यस कार्यमा आफ्नो पार्टीले सहयोग गर्ने पनि जनाएको छ।

टोलीले बाढी पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई ५ लाख रुपैयाँ र बाढी पीडितलाई एक लाख रुपैयाँ राहतस्वरुप उपलब्ध गराउन पनि माग गरेको छ ।

यस्तो छ ५ बुँदे ज्ञापनपत्र

 

Logo