बाढी पीडितलाई चेम्बरको रु. एक करोड सहयोग

बाढी पीडितलाई चेम्बरको रु. एक करोड सहयोग


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ३२ साउन ।

नेपाल चेम्बर अफ कमर्सले बाढीपहिरोबाट पीडितहरूलाई एक करोड एक लाख रुपैयाँ बराबरको राहत प्रदान गर्ने निर्णय गरेको छ । चेम्बरको मंगलबार बसेको आकस्मिक बैठकले देशका विभिन्न भूभागमा आएको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट पीडित भएकाहरूलाई जिन्सी तथा नगद सहयोग गर्ने निर्णय गरेको हो ।

दैविक एवं प्राकृतिक प्रकोपबाट पीडितहरूलाई राहत पुयाउन चेम्बरले २३ सदस्यीय ‘डिजास्टर रिलिफ सेल’ गठन गरेको जनाएको छ । डिजास्टर रिलिफ सेलको संयोजकमा चेम्बरका उपाध्यक्ष राजेन्द्र मल्ल एवं सहसंयोजकद्वयमा दीपक मलहोत्रा र किसन अग्रवाल छन । बाढीपीडित परिवारलाई प्राथमिकताका आधारमा रोजगारीका लागि पनि पहल गर्ने चेम्बरले निर्णय गरेको छ ।

गत शुक्रबारदेखिको वर्षाका कारण तराईका अधिकांश जिल्ला डुबानमा परेका छन् । अविरल वर्षाबाट भएको भौतिक क्षति पनि ठुलो छ । प्रभावित क्षेत्रमा आवास, कृषि बाली, सडक, विद्युत, टेलिफोन, उद्योगधन्दामा व्यापक क्षति पुगेको छ । तराई क्षेत्रमा आएको बाढीका कारण सयभन्दा धेरैले ज्यन गुमाइसकेका छन् । पछिल्ला दिनहरूमा भने वर्षामा आएको कमीसँगै बाढीमा पनि कमी आएको जनाइएको छ ।

Logo