बिल गेट्सको नजरमा पढ्नै पर्ने १० पुस्तक, यी पुस्तकमा छ सफलताको सुत्र

बिल गेट्सको नजरमा पढ्नै पर्ने १० पुस्तक, यी पुस्तकमा छ सफलताको सुत्र


माइक्रोसफ्टका संस्थापक बिल गेट्सले सफल हुनका लागि हरेक व्यक्तिले १० पुस्तक पढ्नैपर्ने सुझाव दिएका छन् । उनले सुझाएका १० पुस्तक यस्ता छन् ।

१ बिजनेश एडभेन्चर्स

लेखक : जोन ब्रुक्स्

पुस्तकमा के छ : सफलताका लागि भौतारिएको मानिस सफल पनि हुनसक्छ र असफल पनि । यो पुस्तकमा यि दुबै मुद्दालाई गहिरो तवरले अथ्र्याइएको छ ।

बिल गेट्सको सुझाव : मैले पढेका पुस्तकमध्ये यो बिजनेशका लागि सबैभन्दा उपयुक्त पुस्तक हो । जोन ब्रुक्स आज पनि मेरा प्रिय बिजनेश राईटर हुन् ।

२ टप डान्सिंग टू वर्क

लेखक : क्यारोल लूमिस

किताबमा के छ : यस पुस्तकमा वारेन बफेटका सबै लेखहरु संग्रहित छन् । यसमा तपाईले बफेटको सफलताको पुरै कथा पढ्न पाउनुहुन्छ ।

बिल गेट्सको सुझाव : मेरो बुझाईमा ध्यानपूर्वक यो पुस्तक पढ्नेले दुई कुरा नोटिस गर्छन् । एक आफ्नो करियरका दौरान वारेन बफेटले कसरी आफ्नो भिजन र इन्भेस्टमेन्ट प्रिन्सिपललाई प्रयोग गरे । दोस्रो, उनीमा बजारको जर्बजस्त ज्ञान छ । यसमा बताइएको छ कि बजारलाई प्रभावमा लिन हामीले विभिन्न तिकडम लगाउनुपर्छ ।

३ लाईफ इज ब्हाट यू मेक इट

लेखक : पीटर बफेट

किताबमा के छ : यो किताब कडा काम गर्ने एक धनी बच्चाको कथामा आधारित छ ।

बिल गेट्सको टिप्पणी : पिटरले सफलता हात पार्न आफ्ना बाबुसँग कहिल्यै पैसा लिएनन् । बरु अभिभावकसँग आफ्नो बाटो आफैँ कसरी बनाउने भन्ने सिके । म आफ्ना बच्चाहरुसँग यो किताब पढ्न चाहन्छु । तपाईले सफलता हात पार्न धनी परिवारमा जन्मनुपर्छ भन्ने छैन् ।

४ अवेकिंग जोय

लेखक : जेम्स बराज

किताबमा के छ : तपाई सफल किन हुन चाहनुहुन्छ । सायद खुसी यसको कारण हुनसक्छ । यो पुस्तकले तपाईलाई सिकाउँछ कि सफलताको यात्रा कसरी आनन्ददायक छ ।

बिल गेट्सको टिप्पणी : खुसी कोही भाग्यशालीका लागि मात्रै होइन । सबैलाई यसको अधिकार छ । यस पुस्तकमा जेम्स बराजले तपाईलाई रमाइलो बाटो चुन्न मद्दत गर्छन् ।

५ ब्हेयर गुड आइृडियाज कम फ्रम

लेखक : स्टीवन जोनसन

किताबमा के छ : सफल हुनका लागि आविस्कार जरुरी छ । यो पुस्तकमा बताइएको छ कि सफलताका लागि आविस्कारको बाटो कसरी तयार गरिन्छ ।

बिल गेट्सको टिप्पणी : यो पुस्तक विजनेश वा शैक्षिक क्षेत्रमा लागेकाहरुका लागि हो । यसले अन्तर्राष्टिय संरचनाका विषयमा बोल्छ । जहाँबाट नयाँ आइडिया निस्कन्छ ।

६ मूनवाकिंग विथ आईनिस्टाइन

लेखक : जोशुआ फोयर

किताबमा के छ : यदी तपाई भुलक्कड वा लापरवाह हुनुहुन्छ भने सफल हुन सक्नुहुन्छ । यो पुस्तकले तपाईलाई आवश्यक तथा जरुरी फ्याक्टरका विषयमा याद दिलाउँछ ।

बिल गेट्सको टिप्पणी : अन्य मानिसजस्तै म पनि यो कुरामा आकर्षित छु कि दिमागले कसरी काम गर्छ र यि कुराहरुलाई कसरी याद गर्नुपर्छ । यो पुस्तकले निकै सरल ढंगबाट सम्झाउँछ कि स्मरण र बुझाईमा कुनै फरक छैन् । दुबै एक हुन् ।

७ लिमिटेड लर्निग अन कलेज क्याम्पसेज

लेखक : रिचार्ड अरुम र जोसिपा रोक्सा

किताबमा के छ : यो पुस्तकले सफल हुन तपाईलाई दुई कुरा सिकाउँछ । पहिलो यो कि तपाई कलेजको शिक्षालाई दिमागमा राखेर वास्तविक संसार सिक्न तयार हुनुहोस् । दोस्रो, यदी तपाई शिक्षक हुनुहुन्छ भने तपाईलाई सफल प्रयोगको ज्यादा आवश्यकता छ ।

बिल गेट्सको टिप्पणी : यस विषयलाई लिएर आशावादी छु कि आविस्कारमा त्यो संभावना छ जसले थुप्रै समस्या समाधान गर्न हाम्रो सहयोग गर्छ । तर हामीलाई धेरै जानकारीको जरुरी छ ।

८ अमेरिका फेल बिहान्ड इन द वल्र्ड इट इन्भेन्टेड एन्ड हाउ वी क्यान कम ब्याक

लेखक : थोमस एल फ्रेडम्यान र मिशैल म्यान्डेलबाउम

किताबमा के छ : किताब अमेरिकाको परिवेशमा लेखिएको छ । तर यसले सामान्य मानिसलाई धेरै सिकाउँछ । हामीले प्राय अरुलाई आफूजस्तै बन्न प्रेरणा भर्छौ । अब पालो आएको छ कि हामी आफै अरुबाट प्रेरित भएर अगाडी सोचौँ र आफ्नो लागि बाटो पहिल्यायौँ ।

बिल गेट्सको टिप्पणी : यो एक उम्दो पुस्तक हो । म यो पुस्तक पढ्न मानिसहरुलाई सुझाव दिन्छु ।

९ डेंग श्याओपिंग

लेखक :  एज्रे एफ भोगल

किताबमा के छ : सफल हुनुको अर्थ हो गाह्रो परिस्थितीलाई सहज रुपमा बदल्नु । डेंग श्याओपिंगले दुनियाँकै सबैभन्दा धेरै जनसंख्या रहेको देशमा यही गरे । श्याओपिंग शक्तीमा आउनुअघि चीन गरिब देश थियो । किताबमा बताईएको छ कि शक्तीमा आएपछि श्याओपिंगले चीनको व्यवसायलाई कसरी अगाडी बढाए ।

बिल गेट्सको टिप्पणी : १९७९ मा चीन दुनियाँकै गरिब देशमध्ये एक थियो । भारतभन्दा पनि धेरै गरिब । यस देशको जनसंख्या यति धेरै थियो कि सबैलाई पेट भर्न समेत मुस्किल थियो । देशमा सांस्कृतिक स्थिरता र आर्थिक समून्नती ल्याउन श्याओपिंगले थुप्रै काम गरे । यो दुनियाँकै इतिहासमा एउटा नयाँ प्रयोग हो । यो प्रयोग बुझ्न पुस्तक पढ्नु जरुरी छ ।

१० द मस्ट पावरफुल आइडिया इन द वल्र्ड

लेखक : विलियम रेप्सेन

किताबमा के छ : सूरुआतमा पढ्नेलाई यो पुस्तक रेल रोड र इन्जिनका विषयमा मात्रै आधारित छ भन्ने लाग्छ । जबकी पुस्तकको मुख्य उद्धेश्य मेसिन कसरी सफल भयो भन्ने बताउनु हो । रेल रोडमा यस्तो कुन आइडिया थियो , जसले दुनियाँ बदल्यो  ।

बिल गेट्सको टिप्पणी : रेप्सेनको नजर र मेरो नजर प्राय मिल्छ । तपाईको कामलाई थप परिस्कुत बनाउन शक्तीको प्रयोग गर्न सकिन्छ । यदी तपाई आफ्नो लागि लक्ष्य तय गर्नुहुन्छ र यस बाटोमा हिड्नुहुन्छ अनि आफ्नो सुधारको मापन गर्नुहुन्छ भने तपाई आवश्य सफल बन्नुहुन्छ ।

 

Logo