केसीको अनसनले २२ दिन नाघ्यो, वार्ताको स‌ंभावना कमजोर हुँदै

केसीको अनसनले २२ दिन नाघ्यो, वार्ताको स‌ंभावना कमजोर हुँदै


काठमाडौं : डा. गोविन्द केसीको ११औँ अनशन २२औँ दिन नाघेको छ । तर, सरकार उदासीन हुँदा वार्तासमेत बस्न छाडेको छ । प्रधानमन्त्री व्यस्त भएको भन्दै सोमबार वार्ता टोलीका सदस्यले समेत डा. केसी समर्थकलाई सम्पर्क गरेनन् ।

वार्ता समिति गठन भएको सुरुवाती दिनमा केही छलफल भएपनि पछिल्ला दिनमा दुई पक्षबिच गंभिर छलफल हुन नसकेको केसी पक्षिय वार्ता समितिका सदस्य डा. अभिषेकराज सिंहले बताए । आइतबार वार्तामा बोलाएपनि माग पूरा गर्ने गम्भीरता नदेखिएको उनको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । 

‘सोमबार त हामीले फोन गरेका थियौं,’ उनले भने, ‘सरकारी बार्ता टोलीले चासो नै दिएन । उनीहरु वार्ता टार्ने प्रयासमा देखिन थालेका छन् ।’ दशौँपटक वार्तामा बस्दा २२औँ दिनमा सहमति भएको थियो । तर, त्यही सहमति कायम गर्न उनी फेरि अनसन बस्दा २२ दिन नाघ्दा पनि सरकारले सुनेको छैन । उता, डा. केसीको स्वास्थ्य भने कमजोर बन्दै गएको चिकित्सकहरुले बताएका छन् । 

Logo