डोल्पाली विष्ट दम्पतीले खोले घरैमा अनाथालय

डोल्पाली विष्ट दम्पतीले खोले घरैमा अनाथालय


दुनै (डोल्पा), ३० साउन ।

स्थानीय त्रिपुरासुन्दरी नगरपालिका–१ का दिलबहादुर विष्ट र दिलमाया विष्टले आफ्नै घरमा अनाथालय स्थापना गरेका छन् । लामो समयदेखि सामाजिक कार्यमा सक्रिय विष्ट दम्पतीले अनाथालय स्थापना गरी तीनदेखि आठ वर्षसम्मका १९ बालबालिकालाई आफ्नै घरमा बसोबासको व्यवस्था मिलाएका छन् ।

विष्ट दम्पतीले दुर्गम गाउँमा अभिभावक गुमाउँदा लालनपालन र शिक्षाको अवसरबाट वञ्चित बालबालिकालाई अनाथालयमा राखेर शिक्षाको समेत व्यवस्था गर्दै आएका छन् । उनीहरु विष्ट दम्पतीको सहयोगमा मदरल्यान्ड फोक्सुन्डो एकेडेमी बोर्डिङ स्कुलमा अध्ययन गरिरहेका छन् ।

“हाम्रा सन्तान छैनन्, टुहुरा बच्चा बेवारिसे देख्दा मन थाम्न सकिँदैन, त्यसैले लालनपालन र पठनपाठनको व्यवस्था गरेका हौँ,” विष्ट दम्पतीको भनाइ छ । रासस

Logo