गुठी संस्थानका अध्यक्ष सवा दुई लाख घुससहित रंगेहात पक्राउ

गुठी संस्थानका अध्यक्ष सवा दुई लाख घुससहित रंगेहात पक्राउ


काठमाडौँ, २७ साउन । अख्तियार अनुसन्धान दुरुपयोग आयोगको टोलीले गुठी संस्थानका अध्यक्ष लेखनाथ सापकोटालाई घुससहित रंगेहात पक्राउ गरेको छ। अख्तियारले २ लाख २० हजार रुपैयाँ घुस लिंदै गर्दा सापकोटालाई नक्सालबाट पक्राउ गरेको हो । 

सापकोटाले बसन्तपुरको  निर्माणको लागि सामुदायिक सत्तल भवन, काष्ठमण्डप बसन्तपुरको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग विभिन्न बहानामा घुस मागेको बताइएको छ । सापकोटाको बारेमा थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।

Logo