कसरी सुन्दर, स्वस्थ्य र तन्दुरुत बन्ने ? यस्तो छ योगको लाभ 

कसरी सुन्दर, स्वस्थ्य र तन्दुरुत बन्ने ? यस्तो छ योगको लाभ 


केन्द्रबिन्दु डेस्क । २६ साउन ।

निरोगी, स्वस्थ्य, दीर्घजीवी, सुन्दर, तन्दुरुस्त, फूर्तिलो बन्न के गर्ने ? गजब काइदा हो, योग । योगका अनेक फाइदा छन् । यसले रोगमुक्त गराउछ । रोग अनुसार योग आसन गर्नुपर्छ । निरोगीले पनि योग गर्नुपर्छ, जसले उनीहरूको शरीर थप स्वस्थ्य हुन्छ । बच्चादेखि बुढासम्म, जो कोहीका निम्ति योग निःशुल्क उपचार विधि हो । साथै हानिरहित पनि ।

के गर्छ त योगले ? 
– योगले शरीरलाई जीर्ण, रोगी हुनबाट बचाउछ । सधैँ स्वास्थ्य, स्फूर्ति, तन्दुरुस्त, उर्जावान् रहन योग गर्नैपर्छ । 

– योगले तन र मनलाई शान्त तुल्याउ“छ । अनावश्यक तनाव, चिन्ता, रिस जस्ता मानसिक विकारबाट छुटकारा दिलाउछ । 

– शरीरमा पोषक तत्व पु¥याउन र टक्सिन हटाउनका लागि योग फाइदाजनक हुन्छ । रक्तसंचार सुचारु र नियमित गराउछ ।

– शरीरको विकारयुक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ जसले मुटु, मृगौला जस्ता भित्री अंगलाई सुरक्षित र स्वस्थ राख्छ ।

– जोर्नी, हड्डी र माशंपेशीलाई लचिलो र मजबुत बनाउन सहयोग गर्छ । योगले सम्पूर्ण मांशपेशीको व्यायाम हुन्छ । 

– योगले मस्तिष्कलाई शान्त तुल्याउ“छ । एकग्रता बढाउछ र शरीरको कार्यक्षमता पनि बढाउछ ।

Logo