शासक फेरिए शासन उस्तै, संविधान फेरिए कानुन उस्तै

शासक फेरिए शासन उस्तै, संविधान फेरिए कानुन उस्तै


काठमाडौं : शासक फेरिए पनि शासन उस्तै, संविधान फेरिए पनि कानुन उस्तै ! यस्तै भुक्तमान नेपालीहरूले नयाँ संविधान जारी भएको तेस्रो वर्ष नलाग्दै सर्वसाधारणको दैनिकीमा प्रभाव पार्ने महत्त्वपूर्ण कानुन फेरिएका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ । 

संसद्ले बिहीबार मुलुकी ऐन प्रतिस्थापन गर्ने ७ विधेयकमध्येका ३ अपराधसंहिता, फौजदारी कार्यविधिसंहिता र फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन विधेयक पारित गरेको हो । व्यक्तिको जन्मअघिदेखि मृत्युपर्यन्त सरोकार राख्ने ‘मुलुकी ऐन’ पूरै प्रतिस्थापन हुन भने देवानीसंहिता, देवानी कार्यविधि र केही नेपाल ऐन संशोधनमा समेटिएका विधिन्न कानुनहरू छरिएका दफाहरुको संशोधन प्रक्रिया पुरा हुनुपर्नेछ ।

संसदको विधायन समितिबाट पारित भइसकेका ती विधेयक पनि संसदले छिट्टै पारित गर्दैछ ।

Logo