सावधान ! पानी पिउँदा यस्तो गल्ती त गरिरहनुभएको छैन ?

सावधान ! पानी पिउँदा यस्तो गल्ती त गरिरहनुभएको छैन ?


 केन्द्रबिन्दु डेस्क । २५ साउन ।

हामी सबैलाई थाहा भएकै कुरा हो, पानी जीवन हो । अर्थात, पानी बिना जीवनको कल्पना गर्न सकिँदैन । स्वस्थ्य शरीरका लागि पानी अनिवार्य छ । पानी यस्तो औषधी हो, जसले शरीरलाई विनासाइड इफेक्ट रोगमुक्त तुल्याउँछ । यद्यपि कति पिउने र कसरी पिउने भन्ने कुरालाई ध्यान दिनैपर्छ । नभए, त्यसले उल्टो असर गर्न सक्छ ।

यस्तो गल्ती ?
हामी तिर्खा लागेपछि घटघट पानी पिउँछौ, ठाडो उभिएर । तर, उभिएर पानी पिउनु सही विधि होइन । यसले शरीरका भित्री अंगहरूमा नोक्सान पु¥याउँछ । दुष्प्रभाव पर्छ । कहिलेकाहीँ यसले घातक नतिजा समेत दिनसक्छ ।

१. पेटलाई हानि
जब हामी उभिएर पानी पिउँछौ, त्यो पानी सजिलै प्रवाह भएर खाद्य नलीमा गएर तल्लो पेटको भित्तामा दबाव पैदा गर्छ । यसले पेटको भित्ता र आसपासको अंगमा क्षति पु¥याउँछ । लामो समयसम्म यस्तो क्रम जारी रहँदा त्यसले पाचन यन्त्र, मुटु र मृगौलाको समस्या निम्त्याउँछ ।

२. मृगौलाको क्षति
जब उभिएर पानी पिउँछौ, तब पानी तीव्र रूपमा मृगौलाबाट फिल्टर नभई जान्छ । यसले गर्दा मूत्राशय वा रगतमा विषाक्त भएर पुग्छ । यही कारण मृगौलाको समस्या हुनसक्छ ।
३. जोर्नीलाई दुःख
उभिएर पानी पिउँदा यसले शरीरको अन्य तरल पदार्थको सन्तुलन बिगार्छ । अन्नतः यसले जोर्नीमा आवश्यक तरल पदार्थ पनि कम गराउँछ । यही कारण जोर्नीमा पीडा हुन थाल्छ ।

के हो त सही विधि ?
पानी एकसाथ धेरै पिउनु राम्रो मानिँदैन । पटक–पटक तर एक वा दुई गिलास पानी पिउनु ठीक हुन्छ । भनिन्छ, पानी पिउँदा चपाएर पिउनुपर्छ । अर्थात, एकैपटक घट–घट भन्दा पनि बिस्तारै अन्य ठोस खानेकुरा जस्तै पानी मुखमा खेलाएर पिउनुपर्छ । पानी पिउँदा उभिएर होइन, बसेर पिउनुपर्छ । यसले गर्दा शरीरमा सही ढंगले पानीको मात्रा पुग्छ ।
कति पिउने ?
स्वास्थ्यका लागि पर्याप्त पानीको आवश्यकता हुन्छ । तर, पर्याप्त भन्नाले अत्यधिक भने होइन । वयस्क व्यक्तिले दिनमा तीन वा चार लिटर पानी पिउनु उपयुक्त हुने बताइन्छ ।

कस्तो पानी पिउने ?
धेरै चिसो वा फ्रिजमा राखिएको पानी पिउनु ठीक होइन । त्यसैगरी धेरै तातो पानी पनि राम्रो मानिँदैन । सकेसम्म मनतातो पानी पिउनुपर्छ, जो शरीरको तापमानसँग मिल्छ ।
(एजेन्सीको सहयोगमा)

Logo