३ अर्बपति – जसको जीवनशैली सामान्य

३ अर्बपति – जसको जीवनशैली सामान्य


केन्द्रबिन्दु डेस्क । २५ साउन ।

धनाढ्यहरूको विलासी जीवनशैलीबारे धेरै चर्चा हुन्छन् । यद्यपि विश्वमा यस्ता पनि धनाढ्य छन्, जो अति सामान्य जीवनशैलीका लागि चिनिन्छन् । उनीहरू कार्यालयमा आफ्ना कर्मचारीस“ग मेसमा खाना खान्छन्, बस वा पुरानो कारमा यात्रा गर्छन् । त्यति मात्र होइन, अहिले पनि उनीहरू पुरानो घरमा बस्छन् ।

वारेन बफे
६० दशमलव ७ अर्ब डलर सम्पत्तिका मालिक वारेन सरल जीवनका लागि चर्चित छन् । उनी अहिले पनि सन् १९५८ मा ३१ हजार डलरमा खरिद गरिएको घरमा बस्छन् । यसका साथै उनी मोबाइल बोक्दैनन् । उनको टेबलमा कम्प्युटर पनि छैन ।

बफे बर्गर किंग, डेरी क्विन, कोकाकोला जस्ता जंकफुडमा लगानी मात्र गर्दैनन्, त्यसको प्रयोग समेत गर्छन् । बफेको डाइटमा कोकका साथै पोटेटो चिप्स पनि हुन्छ । २०१४ को वार्षिक मिटिङमा उनले आफ्ना सेयरहोल्डरसग भनेका थिए, ‘मेरो जीवनको गुणस्तर पैसाबाट प्रभावित छैन ।’ यदि त्यसो हुँदो हो त उनको जिन्दगीमा दर्जनौं घर हुन्थे होला, तर खुसीको चाहिँ अभाव हुनसक्थ्यो । ‘मसग त्यति कुरा नै छन्, जति मलाई आवश्यक पर्छ,’ उनले भनेका छन् ।

मार्क जुकरबर्ग
४२ दशमलव ८ अर्ब डलरको सम्पत्ति छ, फेसबुकका संस्थापक मार्क जुकरबर्गसग । चाहने हो भने, उनले जस्तोसुकै विलासी जीवन व्यतीत गर्न सक्छन् । यद्यपि उनको जीवनशैली त्यस्तो चमकदमकपूर्ण छैन, जति हामी अनुमान गर्न सक्छौं । उनी सरल छन् । अक्सर टी–सर्ट र जिन्स पहिरिएर हिँड्छन् ।

उनले सन् २०१२ मा आफ्नो घरको आगनमा नै विवाह कार्यक्रम सम्पन्न गरेका थिए । यसपछि उनी र पत्नीलाई मेकडोनाल्डसको बर्गर खाँदै गरेको देखियो । उनी यस्ता युवा अर्बपति हुन्, जो सस्तो कार राख्नेमा गनिन्छन् । उनी एक एक्युरा टीएसएक्स कार राख्छन्, जसको मूल्य ३० हजार डलर छ ।

कार्लोस स्लिम
२३ दशमलव ५ अर्ब डलर सम्पत्तिका मालिक कार्लोस मेक्सिकोका सबैभन्दा धनी व्यक्तिमा गनिन्छन् । यद्यपि उनी निजी जेट विमान वा पानी जहाजमा होइन, पुरानो मर्सिडिज बेन्ज कारमा यात्रा गर्छन् । उनको छुटै चालक छैन, आफै ड्राइभ गर्छन् । उनले यस्तो जीवनशैली अपनाएको चार दशक नाघेको छ । यति मात्र होइन, उनी आफ्नो परिवारसग घरको खाना खान रुचाउ“छन् ।

 

 

Logo