डडेल्धुरा, २४ साउन ।

डडेल्धुराको भित्रि मधेश क्षेत्रको परशुराम नगरपालिकामा सोमबार एक सुत्केरीको समयमा उपचार नहुँदा बाटोमै मृत्यु भएको जोगबुढा प्रहरीले जनाएको छ । "/>

समयमा उपचार नहुँदा सुत्केरीको ज्यान गयो

समयमा उपचार नहुँदा सुत्केरीको ज्यान गयो


डडेल्धुरा, २४ साउन ।

डडेल्धुराको भित्रि मधेश क्षेत्रको परशुराम नगरपालिकामा सोमबार एक सुत्केरीको समयमा उपचार नहुँदा बाटोमै मृत्यु भएको जोगबुढा प्रहरीले जनाएको छ ।
आइतबार बेलुका सुत्केरी व्यथा लागेर जोगबुढा अस्पताल पुर्‍‍याइएकी २१ वर्षीया पुष्पादेवी जोशीको धनगढी लैजाने क्रममा बाटोमा नै मृत्यु भएको उनका आफन्तले जनाएका छन् । 

परशुराम नगरपालिका वडा नं ६ घर भएकी पुष्पालाई सोमबार बिहान जोगबुढा अस्पतालमा उपचार हुन नसकेपछि सुत्केरी व्यथा बढिरहेको अवस्थामा धनगढी सिफारिस गरी पठाएको जोगबुढा अस्पतालले जनाएको छ । पुष्पाको धनगढी नपुग्दै बाटोमा नै मृत्यु भएको उनका आफन्तको भनाइ छ । 

पुष्पालाई आइतबार बेलुकादेखि नै सुत्केरी व्यथा लाग्दा जोगबुढा अस्पतालमा भर्ना गरिएको थियो । सुत्केरी व्यथा बढेसँगै उनलाई जोगबुढा अस्पतालले आफूले उपचार गर्न नसक्ने भन्दै सिफारिस गरी पठाएकोे जनाएको छ । 

जोगबुढा अस्पतालको लापरबाहीका कारण समयमा उपचार हुन नपाउँदा पुष्पाको ज्यान गएको उनका आफन्तले आरोप लगाएका छन् । रासस 

Logo