प्रधानमन्त्रीले सीके राउतलाई यसरी गराए सचेत (हेर्नुहोस भिडियोमा)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनमत संग्रहका बारेमा सबैलाई प्रष्ट पारेका छन् । सीके राउतसँग सरकारले गरेको ११ बुँदे राजनीतिक सहमतिबारे प्रष्ट पार्दै राष्ट्रियता र सार्वभौमसत्तामाथि जनमत संग्रह हुनै नसक्ने दाबी गरे । सीके राउतसँग गरिएको सहमतिमा जनमत संग्रहबारे कहिँकतै उल्लेख नगरिएको स्पष्ट पारे ।

राष्ट्रिय एकता र लोकतन्त्रको पक्षमा जनताले चाहेमात्रै जनमत संग्रह हुन सक्ने उल्लेख गरे । सोमबार सिंहदरबारमा आयोजित राष्ट्रिय सुरक्षा परिषदको १८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डताको विषयलाई प्रश्न उठाउने अधिकार कसैलाई नभएको बताए ।

राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पृथकतावादी आन्दोलन गरिरहेको राउत समूहले मुलुकको भौगोलिक अखण्डताको सम्मान गर्दै मूल धारको राजनीतिमा आएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुलुकको सुरक्षाका दृष्टिले त्यो सहमति अत्यन्तै महत्वपूर्ण उपलब्धि भएको बताए ।