यस्तो जीवनशैलीले निम्त्याउन सक्छ हृदयघात

यस्तो जीवनशैलीले निम्त्याउन सक्छ हृदयघात


एजेन्सी । २० साउन ।

हृदयघात, जसले अप्रत्यासित मृत्युको मुखमा पुऱ्याउँछ । हृदयघातको जोखिम त्यही वर्गलाई हुन्छ, जसको जीवनशैली अस्तव्यस्त छ । तनावपूर्ण छ । अनियमित दिनचर्या, अस्वस्थ्यकर खानपान जस्ता कुरा यसमा जिम्मेवार हुन्छ ।

विलासी जीवनशैली

ऐश, आरम मात्र गर्ने । शारीरिक श्रम नगर्ने । व्यायम, योगा नगर्ने । यावत् बानीले हृदयघातको जोखिम निम्त्याउँछ । त्यसैले यस्तो विलासी जीवनशैली त्याग्नुपर्छ ।

अस्वास्थ्यकर खानपान

खान नपाएर कुपोषण हुन्छ । तर, खानपानकै कारण रोग पनि लाग्छ । जथाभावी वा जस्तोसुकै खानेकुराको सेवनले स्वास्थ्यमा असर गर्छ । मीठो मसिनो, चिल्लोचाप्लो, तारेको, भुटेको र असन्तुलित खानेकुराले पनि हृदयघातको जोखिममा पार्न सक्छ । हरियो सागपान, मौसमी फलफुल, सलाद, झोलयुक्त खानेकुरा आदिको सेवन लाभदायक हुन्छ ।

अनियमित दिनचर्या

सुत्ने, उठ्ने र खाने अनियमित तालिकाले रोग निम्त्याउँछ । राती अबेरसम्म बस्ने, मस्त निन्द्रा नलिने बानी एकदमै हानिकारक हो । यसले हृदयघातको संभावना बढाउँछ । त्यसैले राती सकेसम्म चाडै सुत्ने, बिहान सबेरै उठ्ने, कम्तिमा ७ घण्टा मस्त निदाउने अभ्यास गर्नुपर्छ । साथै नियमित समयमै खाना खाने गर्नुपर्छ ।

तनावपूर्ण जीवन

अनियन्त्रित खानपान, अस्तव्यास्त दिनचर्यासँगै मानसिक विकार पनि त्याग्नुपर्छ । तनाव लिने, चिन्ता गर्ने, रिसाउने बानीले पनि प्रत्यक्ष मुटुमा असर गर्छ । इष्र्यालु स्वभाव, उच्च महत्वकांक्षा आदिले पनि तनाव निम्त्याउँछ । तनाव कुनैपनि समस्याको समधान होइन । त्यसैले सधै प्रशन्न, सकारात्मक रहनुपर्छ, जसले हृदयरोगको जोखिम कम गर्छ ।

अनियन्त्रित रक्तचाप, कोलोस्टोर

अनियन्त्रित रक्तचाप, कालोस्टोरको कारण हृदयघातको जोखिम हुन्छ । यसबाट बच्नका लागि रक्तचाप, कोलोस्टोर नियन्त्रित राख्नुपर्छ ।

बंशानुगत समस्या

हृदयघात वंशानुगत कारणले पनि हुनसक्छ । त्यस्तै मुटुका संक्रमणले पनि हृदयघातको जोखिम बढाउँछ । त्यसैले यस किसिमको समस्याबाट छुटकारा पाउन नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ । खानपान र जीवनशैली स्वास्थ्यकर हुनुपर्छ ।

 

Logo