इमरान खानमाथि यौन दुव्यर्वहारको आरोप

इमरान खानमाथि यौन दुव्यर्वहारको आरोप


केन्द्रबिन्दु डेस्क । काठमाडौं, १८ साउन ।

पाकिस्तानका चर्चित राजनीतिज्ञ तथा पूर्व क्रिकेट कप्तान इमरान खानमाथि आफ्नै पार्टीकी नेतृले गम्भीर आरोप लगाएकी छिन् । उनले इमरानले यौन दुव्र्यवहार गरेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएकी छिन् ।

इमरान तहरीक–ए–इन्साफ पार्टीका प्रमुख हुन् । उनकै पार्टीकी नेतृ आयशाले उनले आफ्नो पार्टीका महिला नेताहरूलाई अश्लील म्यासेज पठाउने गरेको आरोप लगाइन् । आयशाले यसरी आरोप लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । आयशा संसद सदस्य समेत हुन् । उनले संसद पदबाट पनि राजिनामा दिएकी छिन् ।

उनले मंगलबार पत्रकार सम्मेलन गर्दै इमरानले आफूसहित पार्टीका अन्य नेतृलाई पनि खराब नियतका म्यासेजहरू पठाउने गरेको आरोप लगाइन् । उनले इमरान आफूभन्दा राम्रा मान्छेहरूसँग जल्ने गरेको आरोप समेत बताइन् ।

आयशाले खाइबर– पख्तूनख्वाको स्थानीय सरकार र मुख्यमन्त्री परवेज खट्टक भ्रष्टाचारी रहेको आरोप लगाइन् । रोचक कुरा के छ भने इमरान खानमाथि यस्तो आरोप लगाउने यी नेतृले नवाज सरीफ भने निकै राम्रो व्यक्ति रहेको बताएकी छिन् । विदेशमा सम्पत्ति लुकाएको मुद्दामा दोषी पाएपछि अदालतले पदमा बस्न अयोग्य ठहर गरेका सरीफमाथि भ्रष्टाचार आरोप लागे पनि उनी इमरानजस्तो चरित्रहीन नभएको आयशाको दाबी छ । (एजेन्सीको सहयोगमा)

 

Logo