राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई कोरोना संक्रमण पुष्टि

राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई कोरोना संक्रमण पुष्टि


काठमाडौं ।
नेपाली राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एक सूचना प्रकाशित गर्दै चार खेलाडीलाई कोरोना संक्रमणको पुष्टि भएको जनाएको हो ।

बिहीबारबाट सुरु भएको राष्ट्रिय फुटबल टोलीको टिमको प्रशिक्षणका लागि ३४ खेलाडीलाई बोलाइएको थियो । तर, प्रशिक्षणमा भने ३० जना खेलाडीले मात्र सहभागीता जनाएको थिए ।

चार जनामा कोरोना संक्रमणको पुष्टि भएका कारण प्रशिक्षणमा ३० जनाले सहभागीता जनाएको एन्फाले जनाएको छ । कोरोना देखिएका ४ खेलाडीलाई सेल्फ आईसोलेसनमा राखिएको एन्फाले जनाएको छ ।

एन्फाले संक्रमित खेलाडीको नाम भने खुलाएको छैन ।

Skip This
Logo