भयानक ढंगका ७ मृत्यु

भयानक ढंगका ७ मृत्यु


केन्द्रबिन्दु डेस्क । काठमाडौं, १५ साउन ।

जन्मपछि मृत्यु निश्चित छ । किनभने यो स्वभाविक प्रकिया हो ।
कसको मृत्यु कसरी हुन्छ ? कसैले अनुमान गर्न सक्दैनन् । यद्यपी मृत्यु एक दुखद दुर्घटना हो ।

निश्चित उमेरपछि हुने मृत्युलाई स्वभाविक मानिन्छ । तर, यस्तो पनि मृत्यु हुन्छ जो एकदमै अस्वभाविक र अनौठो हुनेगर्छ । असोचनीय, अकल्पनीय र आकस्मिक मृत्युका केही घटना प्रस्तुत गरेका छौं ।

सौना बाथमा यस्तो मृत्यु
प्रसंग २०१० को हो । वल्र्ड सौना च्यापियनसिपको क्रममा भ्लादिमिर लेडीज्हेस्काईको मृत्यु भयो । उनले १ सय १० डिग्री सेल्सियस तापमानमा ६ मिनेटसम्म बिताएका थिए । जब उनलाई बाहिर निकालियो, उनको शरीर पूर्ण रुपमा पग्लिएको थियो । शरीरबाट छाला अलग भइसकेको थियो । उनको मृत्यु एकदमै दर्दानक थियो ।

आफै सिकार बनेपछि
यो घटना हो, बोलिभियाको । एक १८ बर्षिय युवाले आत्माहत्या गर्ने अनौठो तरिका अपनाए । उनले आफुलाई मांसहारी पिरान्हा माछा सामु सर्भ गरे । जब उनको शरीरलाई समुन्द्रबाट निकालियो, तब अधिकांश भाग माछाले खाइसकेको थियो ।

सुपको इन्जेक्सनले मृत्यु
२०१२ मा ब्राजिलमा बस्ने एक ८८ वर्षिय महिलाको मृत्यु नर्सको लापरबाहीले भयो । इल्दा विटोर माइल नामकी ती महिलाको नसामा नर्सले त्रुटीवस् दबाईको साटो सुपको इन्जेक्सन दिइन् । त्यसपछि उनी तड्पिन थालिन् र १२ घन्टाको तड्पाइपछि महिलाको मृत्यु भयो ।

रहस्यमय मृत्यु
६५ बर्षिय डेनी वनजन्दतको मृत्यु एकदमै रहस्यमय ढंगले भएको थियो । फेबु्रअरी २०१३ मा उनको मृत शरीर घर नजिकै फेला परेको थियो । अचम्मलाग्दो त के भने, उनको शरीर पुरै जलेको अवस्थामा थियो तर उनी बसेको कोठामा त्यस्तो जलेको एउटापनि संकेत भेटिएन । अहिलेपनि रहस्य खुलेको छैन, आखिर उनी कसरी जले ?

फोटोसुटमा बेहुलीको मृत्यु
२०१२ मा क्यानडाकी मारिया पेन्टाजोपोउलोसको मृत्यु त्यसबेला भयो, जतिबेला उनी वेडिङ गाउन लगाएर फोटोसुट गरिरहेकी थिइन् । ओउयरो नदीमा उभिएर फोटोसुट गरिरहेकी उनको गाउन गह्रौ थियो । त्यसपछि समुन्द्रमा पानीको लहर चल्यो । त्यसैमा मारिया डुबिन । गाउन भारी भएकै कारण उनी डुबेर मरिन् ।

चिसोमा जमेर मृत्यु
लस भेगासमा बसोबास गर्ने २४ बर्षिय चेल्सिया पेट्रिसिया स्पामा काम गर्थिन् । एक दिन स्टोर बन्द भएपछि उनले आफ्ना ब्वाइफ्रेन्डलाई म्यासेज गरिन्, क्रयोथेरेपी लिदैछु ।
यस थेरापीमा शरीरलाई न्युनतम १ सय ६६ देखि न्युनतम ३ सय १९ डिग्री फरेनहाइटमा चार मिनेटसम्म राखिन्छ । तर, जब उनी स्वंमले यो टिटमेन्ट लिइन्, अचानक क्याबिन बन्द भयो । उनी बाहिर निस्कन पाइनन् । चिसोले कठ्याग्रिएर उनको मृत्यु भयो ।

दुइ पटक मृत्यु
रुसमा बस्ने एक व्यक्तिलाई चिकित्सकले मृत्यु घोषणा गरे, जुन २०१२ मा । फगिल्यू मुखामेत्ज्यानोव नामक ४९ बर्षिय ति महिलाको जब अन्तिम संस्कारको तयार गरियो, अचानक उनको आँखा खुल्यो । त्यहाँबाट उनलाई तुरुन्तै अस्पताल पुर्‍याइयो । तर, उनी बचिनन् । दोस्रो पटक उनको मृत्यु भयो ।

 

 

Logo