युवतीको मन जित्ने ६ काइदा

युवतीको मन जित्ने ६ काइदा


केन्द्रबिन्दु डेस्क । काठमाडौं, ११ साउन

कुनै पनि युवतीलाई आफूतिर आकर्षित गर्नका लागि के गर्ने ? केही तरिका छन्–

१. मनोविज्ञान बुझ्ने
आफूले जुन युवतीलाई मन पराइएको हो, उसको मनोविज्ञान बुझौं । उसलाई कस्तो मान्छे मनपर्छ ? आनीबानी, स्वभाव, चरित्र, व्यक्तित्व आदि ।

२. आफूलाई बदलौ
युवतीले जस्तो युवा मन पराउँछ, आफूलाई त्यही रूपमा प्रस्तुत गर्ने अभ्यास गरौं । यद्यपि त्यति धेरै पनि नबदलौं, जसले आफ्नो मौलिक स्वभाव गुम्छ । बरु आफूमा भएको कमी कमजोरी सुधारौं ।

३. व्यक्तित्व विकास
आफूलाई सफा र स्वास्थ्य राखौं । समयानुकूल पहिरन लगाऔं । अनुहार तथा केसको सौन्दर्यमा ख्याल गरौं ।

४. रहस्यमयी नबनौं
आफूलाई रहस्यमयी बनाउन हुन्न । आत्माविश्वासका साथ प्रस्तुत हुने गरौं । युवतीलाई प्रभावमा राख्नका लागि नाटकीय व्यवहार प्रदर्शन नगरौं ।

५. रोमान्टिक बनौं
धेरै गम्भीर स्वभावका पुरुष युवतीहरूको रोजाइमा पर्दैनन् । त्यसैले रोमान्टिक बनौं ।

६. केयर गरौं
युवतीलाई महसुस होस्, तपाईंले उसलाई केयर गरिरहनु भएको छ । युवतीको सानोतिनो समस्यामा आफू साझेदार बन्न सकिन्छ ।

७ झुटो तारिफ नगरौं
युवतीलाई प्रभावमा पार्न झुटो वा बढाइचढाई तारिफ नगरौं, यसले आफूप्रतिको विश्वास गुम्छ । आफ्नो तारिफमा पनि समय खर्च नगरौं । (एजेन्सी)

Skip This
Logo