सडक समस्या अन्तर–मन्त्रालयसँग सम्बन्धित

सडक समस्या अन्तर–मन्त्रालयसँग सम्बन्धित


केन्द्रबिन्दु डेस्क । काठमाडौं, १३ साउन ।

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले काठमाडौं उपत्यकाको सडक खाल्डो पुर्ने काम छिट्टै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मन्त्री बलायरले काठमाडौं उपत्यकाको सडक खाल्डो पुर्न आफूले सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइसकेको पनि स्पष्ट पारे ।

शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सडकको खाल्डो पुर्ने काममा प्रधानमन्त्री आफैं अग्रसर हुनुपर्ने विडम्बनापूर्ण अवस्था अन्त्य गर्न आफू लागि पर्ने पनि उल्लेख गरे ।

उनले सडकमा देखिएको समस्या समाधान गर्न सम्बन्धित निकायलाई जिम्मेवार बनाउने कार्ययोजना पनि अघि सारे।

अन्तरमन्त्रालयबीच समन्वय गर्ने संयन्त्र नहुँदा सडकसम्बन्धी समस्या उठेको उल्लेख गर्दै मन्त्री बलायरले भने, ‘सडकको समस्या एउटै मात्रै नभई अन्तर मन्त्रालयसँग सम्बन्धित छ, अघिल्लो दिन कालोपत्र गर्ने अनि भोलिपल्ट खन्ने काम अब अन्त्य गरिनेछ ।’

मन्त्री बलायरले सरकारवाला मन्त्रालयहरूबीच सहकार्य गरेर पूर्वाधार विकासको कामलाई अघि बढाउन पनि आफू सचेत रहेको जिकिर गरे।

Logo