‘मिस विश्वकर्मा’ अब अन्तर्राष्ट्रिय स्तरको (भिडियो सहित)

‘मिस विश्वकर्मा’ अब अन्तर्राष्ट्रिय स्तरको (भिडियो सहित)


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १२ साउन ।

नेपालमा बर्सेनी थुप्रै किसिमका सुन्दरी प्रतियोगिता हुने गर्छन् । यसै मेसोमा छिटै अर्को एउटा प्रतियोगिता थपिने भएको छ, मिस विश्वकर्मा । यस प्रतियोगिताको पूरा नाम हो, मिस विश्वकर्मा इन्टरनेसनल २०१७ ।

विगतमा क्षेत्रीय रूपमा मिस विश्वकर्मा आयोजना गरिएको भए पनि विश्वव्यापी रूपमा आयोजना हुन लागेको भने यो पहिलोपटक हो । यो प्रतियोगिता यसपटक खाडी मुलुक कतारमा आयोजना हुने भएको छ ।

मिस विश्वकर्मा कन्टेस्टका दुईजना प्रतियोगीलाई हामीले सोधेका थियौैं, ‘किन बन्दै हुनुहुन्छ प्रतियोगी ?’ उनीहरूको भनाइले झल्कन्थ्यो, “सामाजिक विभेद मेटाउन ।”
नेपालबाहिर बसोबास गरिरहेका विश्वकर्माहरूलाई लक्षित गरेर प्रतियोगिता आयोजना गर्न लागिएको यसका आयोजकले बताएका छन् । आयोजकलाई पनि हामीले सोही प्रश्न दोहोर्यायौं– आखिर मिस विश्वकर्मा आयोजनाको उद्देश्य के हो ? उनीहरूको जवाफ पनि प्रतियोगी सुन्दरीहरूको जस्तै नै थियो, अर्थात् “हाम्रो समाज जातीय विभेदले ग्रसित छ । यसलाई मेटाउन यस कार्यक्रमले केही न केही सहयोग पुर्याउने छ ।”

अडिसनबाट छनोट भएर एक महिने ट्रेनिङ राउन्डमा आइपुगेका यी २० सुन्दरीमध्ये कसले पहिरेला ताज ? यो महत्वपूर्ण प्रश्न होइन । महत्वपूर्ण त प्रतियोगिताका आयोजकहरूमा कथित जातीय ऊँचनीचको सीमारेखा मेटाउने आक्रोश छ । प्रतियोगीहरूमा पनि कोहीभन्दा कम छैनौं भन्ने कुरालाई व्यवहारमा नै देखाउने भोक छ ।
एउटा छुट्टै मिसनका लागि आयोजित यस कार्यक्रमको सफलताका लागि अग्रिम शुभकामना ।

 

Skip This
Logo