३० दिनमा ८ स्क्यान्डल

३० दिनमा ८ स्क्यान्डल


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ११ साउन ।

पछिल्लो केही समय यता नेपाली मनोरन्जन अर्थाात् ग्ल्यामर क्षेत्र स्क्यान्डलका लागि निकै उपजाउ क्षेत्र बनेर देखा परेको छ । योे क्षेत्रमा विभिन्न घटना र प्रकरण एकपछि अर्को गरी सार्वजनिक हुन थालेपछि सामाजिक संजालदेखि रााष्ट्रिय मिडियासमेत यसबाट तरंगित हुन पुगेका छन् ।

त्यसो त ग्ल्यामर क्षेत्रमा केही न केही स्क्यान्डल मच्चिनुलाई उत्तिसारो महत्व दिइन्न र अक्कसर सामान्य रूपमा लिइन्छ । अन्तराष्ट्रिय स्तरमै हेर्ने हो भने पनि सबैभन्दा बढी स्क्यान्डल मनोरन्जन क्षेत्रबाटै सार्वजनिक हुने गरेको दृष्टान्त छ । योे मामिलामा नेपाल माात्र कसरी पछाडि रहन सक्छ र ? नपत्याए यहाँ पछिल्लो केवल एक महिनाभित्र भएका/मच्चिएका स्क्यान्डलहरूको मात्रै पनि स्मरण गरी हेरौं न ! एक महिनामा यहाँ करिब एक दर्जन स्क्यान्डल मच्चिएका छन् । यसको अर्थ, नेपाली मनोरन्जन क्षेत्र पनि अब बिस्तारै एकपछि अर्को चर्चित प्रकरण जन्माउन अग्रसर रहेको अनुमान गर्न सकिन्छ ।

यो क्षेत्रलाई नजिकबाट नियालेकाहरू भन्छन्, ‘सामाजिक संजालका कारण मनोरंजन क्षेत्रका सामान्य कुराहरू पनि हटकेक बन्न थालेका हुन् ।’ तर यो उत्तरबाट मात्र सन्तुष्ट हुने आधार देखिँदैन । खासमाा, शान्त रूपमा अघि बढिरहेको नेपाली ग्ल्यामर इन्डष्ट्री स्क्यान्डलको झरी पर्ने गरी यसरी तातिनुमा कारण विभिन्न छन् ।

पहिलो कारण, घटनाहरू उकुसमुकुस भएर सार्वजनिक हुने पर्खाइमा थिए, जुन उपयुक्त समय आएपछि सार्वजनिक भएका छन् । दोस्रो कारण, एकअर्काको उपस्थिति स्विकार्न नचाहनेहरू सफल आक्रमणको पर्खाइमा थिए । उनीहरू उपयुक्त समयमा आफ्नो दुश्मनमाथि प्रहार गर्न सफल भएका छन् ।

तेस्रो कारण, सामाजिक संजाल नै हो । कुनै विषयवस्तुमा चलिरहेको द्वन्द्वका कारण सामाजिक संजालमा भनाभन चलेपछि त्यसले अझ ठुलो प्रकरण बन्ने मौका पाएको हो । र, चौथो कारण होे– आवरणमा देखिने मानिसहरूको चेहराविपरीत उनीहरूको असली चेहरा सार्वजनिक भएकाले त्यो स्क्यान्डलमा परिणत भएको हो ।

 

१. सुनील र स्यारोनको यौन हिंसा प्रकरण
हटकेक घटनाका रूपमा पछिल्ला दिनमा सर्वाधिक चासोको विषय थियो, फिल्म ‘सायद टु’ निर्माता सुनील रावलले उक्त चलचित्रकी नायिका स्यारोन श्रेष्ठलाई गर्लफ्रेन्ड बन्न गरेको प्रस्तावको खुलासा । युट्युब टे«न्डिङमा रहेको यो प्रकरण अहिले केही शान्त बन्न खोज्दै गर्दा, अरू स्क्यान्डलले बजार तताइसकेका छन् । नेपाल चलचित्र निर्माता संघको पहलमा उनीहरूबीचको विवादलाई समझदारीमा टुंग्याइएको बताइएको छ ।

‘चलचित्र छायांकनको समयमा निर्माता रावलले आफूलाई गलत व्यवहार गरेको, किस गर्न खोजेको, गर्लफ्रेन्ड बन्ने भएमा सिम्रिक एयरमा एयर होस्टेसको जागिर लगाइदिने भनेर प्रस्ताव गरेको’ नायिका स्यारोनले एक भिडियो अन्र्तवार्ताको क्रममा बताएकी थिइन् । चलचित्र सार्वजनिक भएर असफल भइसकेपछि नायिकाले निर्मातालाई हिंस्रक रूपमा प्रस्तुत गर्नुलाई कतिपयले नायिकाको चर्चामा आउन चाहने मेसोका रूपमा समेत बुझे । यद्यपि आफूले त्यस्तो प्रस्ताव नराखेको भन्दै निर्माता रावलले बचाउका हरसम्भव प्रयास जारी राखे ।

निर्माता संघ स्रोतका अनुसार, अब एकअर्काको व्यक्तिगत जीवनमा असर पुग्ने गरी आरोप–प्रत्यारोप नगर्ने सहमति भएको छ । यो प्रकरणमा निर्माता रावलले नै निर्माण गरेको चलचित्र ‘होस्टल’ की नायिका प्रकृति श्रेष्ठले पनि आफूले समेत सोही किसिमको गलत व्यवहारको सिकार बन्नुपरेको आरोप लगाएपछि सामाजिक संजाल थप तरंगित भएको थियो । स्यारोनले छायाकंनकै समयमा आफूले काम नगर्ने भनेर बाहिरिँदा प्रोडक्सन पक्षको रिक्वेस्टमा काम पूरा गरेको बताएकी थिइन् । निर्माता रावलको बचाउमा उनकी श्रीमतीले समेत अन्र्तवार्ता दिएकी थिइन् ।

२. जात र लिङ्गको प्रकरण
सुनील रावल र स्यारोन श्रेष्ठ प्रकरण सेलाउन नपाउ“दै अर्को कान्डले बजार ततायो । सदाबहार अभिनेता भुवन केसीकी पूूर्वपत्नी तथा चर्चित युवा नायक अनमोल केसीकी आमा सुस्मिता केसीले रंग–पत्रकार उत्सव रसाइलीलाई जातीय तथा लैङ्गिक हिंसा गरेको भन्दै त्यसका प्रमाणका रूपमा स्क्रिन–सट सार्वजनिक भएका छन् । यो प्रकरणमा आम संचारकर्मी र कलाकारहरूको साथ भने उत्सवले पाएका छन् ।

जातीय विभेदलाई नेपालको कानुनले अक्षम्य अपराध मानिसकेको अवस्थामा जातीय कुरा गरेर नायिका केसीले पत्रकार रसाइलीलाई ह्यारेसमेन्ट गरेको जानकारहरू बताउ“छन् । चर्चित कलाकारहरू दीपकराज गिरी, सुदर्शन थापा, वर्षा राउत, वर्षा शिवाकोटी, नम्रता सापकोटा, मलिना जोशी, एलिसा राई लगायतले उत्सवलाई साथ दिँदै सुस्मिता केसीविरुद्ध बोलेका छन् ।

उत्सवले स्टाटस लेखेका छन्– ‘युवा स्टार अनमोल केसीकी आदरणीय आमा सुस्मिता केसीले मलाई पर्सनल च्याटमा यसरी जात के हो ? भनेर सोध्नुभयो । म दलित समुदायमा पर्दछु । मेरो आफ्नो र अन्य सम्पूर्ण समुदायप्रति सम्मान छ । थप अरू के जान्न चाहनुहुन्छ ? अन्त्यमा अनमोल केसी आमालाई सम्हाल्नुस्, आमाको रोग पहिचान गरेर बेलैमा उपचार गर्दा करिअर थप उज्जवल हुन्छ ।’ यता सुस्मिताले ‘उत्सव बैनी सरी भाइ’ लेखेर एउटा स्टाटस लेखेकी छन्, जसले उनमाथि लैङ्गिक हिंसा गर्छ भने च्याटको क्रममा रसाइली कुन जात हो भनेर जिज्ञासा राखेकी छिन् ।

जे पायो त्यही कुराको समाचारलाई प्राथमिकता दिने र राम्रो समाचारलाई महत्व नदिने भनेर सुस्मिताले विगतमा उत्सवका तिक्त व्यवहारका कारण आफू यति बोल्न बाध्य भएको भनेर आफ्ना निकटस्थहरूलाई सञ्जाल सेयर गरेकी छन् ।

 

३. सेक्स–टेप प्रकरण
केही समयअघि मात्र एक नेपाली नायिकाको नया“ सेक्स–टेप आयो भनेर बजार तातियो । सेक्स टेप हेर्दा एक नेपाली नायिकाको अनुहार मिल्दो देखिन्थ्यो । तर त्यतिकै भरमा कसैले समाचार लेख्ने आ“ट भने गरेनन् । त्यो सेक्स–टेप परिचित नायिकाको भनेर नाम लिँदै एकले अर्कोलाई भिडियो सेयर गरिरहे । यद्यपि चर्चित मनोरन्जन पत्रिका ‘साप्ताहिक’ ले उक्त भिडियो सुरबिना कार्कीको नभएको भनेर समाचार लेखेपछि यो प्रकरण पनि केही शान्त भयो ।

तर भिडियो सेयरिङ र समाचार आउन भने रोकिएको छैन ।

प्रहरी उपरीक्षक मीरा चौधरीले उक्त भिडियो सुरबिनाको नभएको भनेर प्रहरी प्रशासनबाटै क्लिन चिट दिएपछि सुरबिनाले राहत पाएकी हुन् । सुरबिनालाई नजिकबाट चिन्ने स्रोत भने अहिले पनि उक्त भिडियो सुरबिनाकै हो भनेर दावी गरिरहेका छन् ।
पछिल्लो समयमा एक टे«निङको क्रममा मुम्बई पुगेकी सुरबिना त्यहीँ बस्दाको समयको भिडियो अहिले सार्वजनिक भएको उक्त स्रोतको जिकिर छ । त्यसो त एक कार्यक्रमको क्रममा सुरबिना लन्डन जा“दा भएका उनका केही क्रियाकललाप पनि बजारमा चर्चाको विषय बनेका थिए ।

४. न्युड तस्बिर प्रकरण
म्युजिक भिडियोमा अभिनय गरेकी मोडल हट फोटोसुट तथा इन्टरभ्युका कारण बेलाबेलामा चर्चामा आइरहन्छिन् । यी मोडलका दुई नग्न तस्बिर सार्वजनिक भएपछि त्यो घटनाले पनि राम्रै चर्चा पायो । उनकै फेसबुक एकाउन्टबाट मध्यरातमा सार्वजनिक भएका ती तस्बिर निमेषभरमै विश्वभर फैलिए । नायिका अनुष्का ढकालकी यी बहिनीले गोवा भ्रमणका क्रममा गर्मीका कारण चिसो बियर पिएर रमाइलो गर्दागर्दै अझै गर्मी महसुस भएपछि होटलको रुममा आएर लुगा फेर्दै गर्दा दिदी अनुष्काले जिस्किएर जतिबेला पनि नांगै हुने भन्दै मोबाइलबाट नग्न तस्बिर खिँचिदिएको उल्लेख गरेकी छिन् ।

दिदीले उक्त तस्बिर खिँचिदिए पनि तत्कालै ती तस्बिर डिलिट गरिदिएको सुजनाको भनाइ छ । तर एकाएक उक्त मोबाइल फोन चोरी भएपछि उनले दिदीको मोबाइलबाट एकाउन्ट अपरेट गरेर ‘आई लस्ट माइ फोन’ स्टाटस लेखेकी थिइन् । उनले फेसबुकको पासवर्ड चेन्ज गर्न खोज्दा–खोज्दै कसैले उक्त फेसबुक ह्याक गरेको र डिलिट गरिएका तस्बिर आफ्नै एकाउन्टबाट कसैले पोस्ट गरेको बताइन् । नग्न तस्बिर खिँचेर मोबाइलजस्तो साधनमा राख्नु आफैंमा जोखिमपूर्ण हुनसक्छ भन्ने तथ्य ज्ञान नहुनुले सुजनाको हेलचेक्रयाईं र प्रविधि मिसयुजबारे कम ज्ञान भन्न सकिन्छ । यसबारे जे यथार्थ हो त्यो उनले नै मात्र जानेकी छिन्, तर उनको नग्न तस्बिर सार्वजनिक भइसकेकाले त्यसबाट उनले पर्याप्त नकारात्मक चर्चा पाइसकेकी छन् । व्यक्तिगत प्रयोजनको नग्न तस्बिर कसैले सामाजिक सञ्जाल, अनलाइन र पत्रपत्रिकामा प्रकाशन गर्न नमिल्ने उनको मत आए पनि अहिले पनि उनका नग्न तस्बिर गुगलमा भेट्टिन्छन् ।

 

५.वार्डरोब मालफंक्सनकी सिकार अश्लेशा
चलचित्र ‘प्रेमगीत २’ को प्रमोसनका क्रममा आयोजित एक कार्यक्रममा नायिका अश्लेशा ठकुरीको गोप्य अंग देखियो भनेर केही तस्बिरहरू सार्वजनिक भएका थिए । खासमा वार्डरोब मालफंक्सनको सिकार बनेकी उनले पेन्टी नलगाएको आरोप समेत खेप्नुप¥यो । नेपालगन्जको रामलीला मैदानमा आयोजित सांस्कृतिक कार्यक्रममा खुलेर नृत्य गर्ने क्रममा उनको भित्री पहिरन देखिन पुगेको थियो तर यसलाई अतिरन्जित ढंगले प्रचार गरिएको जानकारहरू बताउँछन् ।

सामाजिक सञ्जाल र केही अनलाइनले अन्डरवियर नलगाएकाले अश्लेशाको संवेदनशील अंग देखिएको भनेर जिकिर गरेका थिए । यसलाई चलचित्र प्रचारको एउटा टुल्सको रूपमा आयोजकले प्रयोग गरेको समेत भनियो । भित्री वस्त्रविना नै नायिकाले नृत्य प्रस्तुत गरेपछि प्रहरी प्रशासनले समेत उक्त घटनामा चासो लिएको बताइएको थियो ।
चलचित्र सार्वजनिक हुने समयमा यस्तो स्क्यान्डल मच्चिनु सामान्य रहेको यो क्षेत्रका जानकार बताउँछन् । यद्यपि भुलवश त्यस्तो हुन गएको नायिकासम्बद्ध स्रोतले बताइसकेको छ । लामो वानपिस पहिरनमा स्टेजमा चढेकी नायिकाले खुलेर नाच्ने क्रममा स्टेज तल रहेका क्यामेराम्यानहरूले तस्बिर र भिडियो खिँचेका थिए ।

६. जुवा र पक्राउ प्रकरण
चर्चित लोकदोहोरी गायक एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीलाई बा“सबारीस्थित जुवाखालमा छापा मार्दा पक्राउ गरिएको भनेर समाचार आएपछि त्यसले एकाएक माहौल गर्मायो ।

प्रहरी स्रोतका अनुसार बद्रीसहित ११ जनालाई पक्राउ गरिएको र २ लाख नगद बरामद भएको उल्लेख थियो । यद्यपि गायक पंगेनीले भने यो कुरा शत–प्रतिशत गलत भएको बताएका थिए । आफू प्रतिष्ठानको कार्यालयमा बसिरहेका बेला ‘नीरमाया दोहोरी सा“झ’मा कार्यरत कोही भाइ पक्राउ परेको सुनेर आफू घटनास्थल पुगेको उनको दावी थियो ।
समाचारहरूमा भने राष्ट्रिय कलाकार भएकाले भनसुनका आधारमा उनलाई तत्काल छुटाइएको कुरा आएको थियो । गायक पंगेनीले भने विज्ञप्ति नै निकालेर आफू पक्राउ नपरेको जिकिर गरे । बद्रीले भने, ‘हो म कहिलेकाहीँ तास खेल्छु तर जुवाखालमा बस्ने जुवाडे चाहिँ होइन् ।’ चिनेका केही साथीभाइलाई उद्धार गर्न जाने क्रममा आफ्नो नाम मुछिएको बद्रीको भनाइ छ ।

 

७.‘छक्का–पन्जा २’ गीत प्रकरण
पाँच दशकअघि नै पहाडी क्षेत्रको भाका बनेर गाइने गरेको गीतलाई अहिले कसैले मेरो सृजना भन्दा परिणाम कति नकारात्मक आउने रहेछ भन्ने कुरा प्रर्दशोन्मुख चलचित्र ‘छक्का–पन्जा २’ को निर्माण टिमले भोग्नुपरेको छ । संगीतकार अल्मोडा राना उप्रेतीको संगीत भनेर गीत सार्वजनिक गरे लगत्तै यो गीत विवादमा परेको थियो ।

गीतले नाइलनको साडी भने पनि भिज्युअलमा त्यस्तो नदेखिएको भन्ने प्रतिक्रिया सामाजिक सञ्जालमा छताछुल्ल भए । पुराना दिनहरूमा गन्धर्वहरूले भाका हालेर गाउने ‘जान्न म त खुर्सानी बारीमा, हिलो लाग्छ नाइलिनको सारीमा’ गीतलाई ‘जान्न म त डिजेलको गाडीमा, हिलो लाग्छ नाइलिनको सारीमा’ भनेर शब्द परिवर्तन गरिएको थियो ।
कान्छा नेपाली मगरको संगीत रहेको भनिएको यो गीत कान्छाको नाममा पनि नभई त्योभन्दा पुरानो रहेको जानकारी खुलिसकेको छ । सर्जक चेतन कार्कीले २०२१ सालमा आफ्नो नाममा दर्ता गराएको भन्ने जानकारीले कान्छा नेपाली मगरको नाम पनि आधिकारिक नभएको प्रस्ट्याएको छ । यो गीतलाई कुनै समय चर्चित गायक कुमार बस्नेतले पनि गाएको कुरा आइसकेको छ । अलिक छाडा शब्द भएकाले आफूले यसलाई बिचैमा स्थगित गरेको गायक बस्नेतले बताएका छन् ।

‘छक्का–पन्जा २’ को यो गीतलाई अहिले भने निर्माता÷अभिनेता दीपकराज गिरीले लेखेका हुन् । त्यसो त डिजेलको गाडीमा चढ्दा कसरी हिलो लाग्छ भन्ने कुरा पनि गीत सार्वजनिक समारोहमै आएको थियो । ‘बाल्यकालमा सुनेको उक्त गीत मन परेर चलचित्रमा राखेको’ दीपकको भनाइ थियो ।

गीतको संगीत–संयोजनको मात्रै भूमिका निर्वाह गरेका उप्रेतीले संगीतकारका रूपमा आफ्नो नाम राख्न चाहनु नै यो गीत विवादमा आउने कारण बन्यो ।
सामाजिक सञ्जालमा प्रश्न उठ्न थालेपछि कान्छा नेपाली मगरका नाति प्रिन्सको नाम क्रेडिट लाइनमा राखियो तर विवाद अझै साम्य भएको छैन् । यसलाई लिएर सामाजिक सञ्जालमा व्यापक व्यंग्य गरिएको हो । दीपकराजले स्टाटस लेख्दै भनेका छन्, ‘गीत चोरीको नभई यसका वास्तविक सर्जकलाई गायक अल्मोडाले मेरो सामु नल्याएको तथ्य थाहा भयो । जब मैले थाहा पाएँ, तुरुन्तै यो गीतको वास्तविक कम्पोजरको नाम क्रेडिट टाइटलमा राख्न लगाएँ । हामीलाई पनि अँध्यारोमा राखिएको थाहा भयो ।’

 

८. सोसल मिडियामा आरोप–प्रत्यारोप प्रकरण
सामाजिक सञ्जालमा नेपाली सेलिब्रेटीहरूबीच आरोप–प्रत्यारोपको खेल पुरानै हो । नायिकाद्वय सुस्मिता केसी र पूजा शर्माबीच केही समयअघि सामाजिक सञ्जालमा दह्रै भिडन्त देखियो । एक अन्तर्वार्ताको क्रममा नायिका पूजा शर्माले नायकद्वय भुवन केसी र अनमोल केसी भाग्यले चलेका हुन् भन्ने अभिव्यक्ति दिएपछि भुवनकी पूर्वपत्नी तथा अनमोलकी आमा सुस्मिता केसी आक्रोशित बन्न पुगिन् ।

सुस्मिताले आफ्नो फेसबुक एकाउन्टबाट स्टाटस लेख्दै पूजाप्रति तत्कालै रोष प्रकट गरिन् । ‘हिजो भर्खर आएको चल्लाले चु–चु गरेको राम्रो हुन्न’ भन्ने सुस्मिताको स्टाटसमा उल्लेख थियो । केसीले गाली गरेको उक्त स्टाटसमा निर्देशक सुदर्शन थापालाई समेत गाली गरिएको थियो ।

पूजा र सुस्मिताको यो गालीगलौजमा त्यसपछि थपिए निर्देशक थापा । उनले सुस्मितालाई अग्रज मान्ने गरेको बताउँदै कुरै नबुझी गाली गर्नु नराम्रो हुने बताएका छन् । ‘म यस्तो गीत गाउँछु’ को टे«लर सार्वजनिकस“गै केसीले आफूहरू विरुद्ध नराम्रो व्यवहार गर्न थालेको उनले स्टाटसमा उल्लेख गरेका छन् । त्यसो त नायक भुवन केसीस“ग पनि सुस्मिता केसीको फेसबुक वार चलेको थियो । पछिल्लो समयमा उनी सामाजिक सञ्जालमा धेरैजनास“ग आक्रामक हँुदै आएकी छिन् ।

 

 

 

Logo