विवेकशील र साझा मिलेर बन्यो नयाँ पार्टी

विवेकशील र साझा मिलेर बन्यो नयाँ पार्टी


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ११ साउन ।

मसिना र अपेक्षाकृत नयाँ दुई पार्टी, विवेकशील नेपाली र साझा पार्टी, ले बुधबार (साउन ११ गते ) एकता गरेका छन् । उज्वल थापा र रवीन्द्र मिश्र नेतृत्वका ती पार्टी मिलेपछि यी दुवै प्रमुखहरू एकीकृत पार्टीका सह–संयोजक भएका छन् । अर्थात, आजको मितिमा दुई पार्टी मिलेर नयाँ दल ‘विवेकशील साझा पार्टी बनेको छ । यस पार्टीमा संयोजक, अध्यक्ष वा सभापति छैनन् ।

तराजु नयाँ पार्टीको लोगो र चुनाव चिन्ह रहनेछ । नयाँ पार्टीमा मिश्र र थापा हाललाई समान हैसियतमा सहसंयोजक रहनेछन् ।

३४ सदस्यीय केन्द्रीय समिति बनाइएको छ भने यसलाई ५१ सदस्यीय केन्द्रीय कमिटि बनाइने छ ।

Logo