जुम्ल्याहा दिदीबहिनीको एकै पटक आमा बन्ने रहर

जुम्ल्याहा दिदीबहिनीको एकै पटक आमा बन्ने रहर


केन्द्रबिन्दु डेस्क । १० साउन, काठमाडौं । एन्ना र लुसी डिसेन्क्वीलाई विश्वकै सर्वाधिक मेल खाने जुम्ल्याहा दिदी बहिनी मानिन्छ । ३२ बर्षिया यि जुम्ल्याहा दिदी बहिनीले आफुलाई एक अर्का जस्तै देखाउन अहिलेसम्म २ करोड ५५ लाख रुपैंया बराबरको प्लाष्टिक सर्जरी गरिसकेका छन् ।


अष्ट्रेलियाको पर्थमा बस्दै आएका एन्ना र लुसीले आफुलाई एकअर्का जस्तो देखाउन मात्र होईन कुनै कुरामा अलग देखिन पनि चाहेका छैनन् । जव उनीहरु युवती अवस्थामा प्रबेश गरे शरीरमा आएको परिवर्तनले उनीहरु विच रहेको एक रुपतालाई अलग गर्दै लग्यो । जसको कारण उनीहरुले आफ्नो स्तन, हिप, ओठ आदी धेरै अंगकको एक अर्कासंग मिल्ने बनाउन प्लाष्टिक सर्जरी गर्दै गए । कहिल्यै फरक लुगा नलगाएका एन्ना र लुसीलाई जव प्रेमको भावना जाग्न थाल्यो उनीहरु फेरी दुखित हुन थाले । प्रेममा परेर अलग हुने सम्भावनालाई टार्दै दिदीबहिनीले इलेक्ट्रिकल मेकानिकल ब्रेन ब्रायनलाई चयन गरे । दुबैले ब्रेनलाई ब्वाईफ्रेण्डको रुपमा मानेर एउटै ओछ्यान सेयर गर्न थाले । करिब पाँच बर्ष देखि साथै बसेका एन्ना र लुसीलाई अहिले गर्भवती हुने चाहना बढेको छ । तर यसमा पनि उनीहरुलाई के डर छ भने ब्रायनवाट दुबैजना एकै पटक गर्भवती हुनुपर्ने छ । पहिला गर्भवती हुनेको पेट ठुलो हुने र पछि हुनेको सानो हुदाँ उनीहरुमा फरकपन आउछ भन्ने डर उनीहरुमा रहेको छ ।


आफुहरुले ब्रेन जस्तै बच्चा चाहेको तर दुबै एकैपटक गर्भवती नभइएला भन्ने कुराले चिन्तित तुल्याएको उनीहरु बताउछन् । यो वाहेक उनीहरुलाई आफुहरुले जन्माउने बच्चा पनि उस्तै हुन्छ कि हुदैन भन्ने कुराको पनि चिन्ता रहेको छ । एक भिडियो अन्तवार्तामा उनीहरुले आफुहरु ब्रेनवाट सहवास गरेर एकै पटक गर्भवती हुन नसकेमा कृत्रिम गर्भाधान वा सरोगेट मदरको विकल्प लिन सक्ने सोचाईमा रहेको बताउछन् ।


अन्तवार्ताको क्रममा एन्ना र लुसीले आफुहरुले थाहा पाए देखिन एक अर्का जस्तै भएर रहेको कारण गर्भवती पनि एकै पटक हुन चाहेको बताए । हामीहरु एक अर्कामा रत्तिभर पनि फरक भएको देख्न सक्दैनौं । (एजेन्सी)

Logo