जाम हटाउन महानगरीय ट्राफिकमा एसएसपी सर्वेन्द्र खनाल

जाम हटाउन महानगरीय ट्राफिकमा एसएसपी सर्वेन्द्र खनाल


केन्द्रबिन्दु डेस्क । काठमाडौं, १० साउन ।

राजधानी उपत्यकामा बितेका केही सातादेखि चर्को रूपमा अस्तव्यस्त देखिएको सडकजाम अन्त्य गर्ने उद्देश्यसहित प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाल महानगरीय ट्राफिक महाशाखा निमित्त प्रमुख भएर आएका छन् ।

हाल महानगर ट्राफिक प्रमुख रहेका डिआइजी मिङमार लामालाई केन्द्रीय ट्राफिक प्रहरी निर्देशनालयमा पठाइएको छ ।

समाचार स्रोतअनुसार, यसअघि महानगरीय अपराध महाशाखामा रहँदा प्रभावकारी काम गरेर चर्चा कमाएका खनाललाई गृहमन्त्री जनार्दन शर्माको चाहना मुताबिक यो जिम्मेवारी दिइएको हो ।

अपराध महाशाखाबाट सरुवा भएपछि एसएसपी खनाल आइजिपीको कार्यालयमा थिए । हालै भएको एसएसपी बढुवा सिफारिसमा खनाल पहिलो नम्बरमा थिए ।

खनाल आजैदेखि आफ्नो नयाँ कार्यालयमा हाजिर भएका छन् ।

Logo