गुलरिया (बर्दिया), १० साउन । भारतीय खुला सिमानासँग जोडिएको बर्दियाका विभिन्न नाकाबाट २४ जना महिलालाई उद्धार गरी घर फर्काइएको छ । "/>

वैदेशिक रोजगारीका नाममा भारत हुँदै तेस्रो मुलुक जान लागेका २४ युवतीको उद्धार

वैदेशिक रोजगारीका नाममा भारत हुँदै तेस्रो मुलुक जान लागेका २४ युवतीको उद्धार


2017-07-25 09:17

गुलरिया (बर्दिया), १० साउन । भारतीय खुला सिमानासँग जोडिएको बर्दियाका विभिन्न नाकाबाट २४ जना महिलालाई उद्धार गरी घर फर्काइएको छ । 

वैदेशिक रोजगारीको नाममा भारतीय बाटो हुँदै तेस्रो मुलुक लैजान लागेको क्रममा उनीहरुलाई नेपाल प्रहरीले स्थानीय सङ्घसंस्थाको सहकार्यमा उद्धार गरी घर फर्काएको हो । 

बर्दियाका चारवटा सीमा नाका चेलीबेटी ओसारपसारका लागि संवेदनशील मानिएको छ, बर्दियाका प्रमुख जिल्ला अधिकारी, विष्णुबहादुर थापाले भन्नुभयो – “भारतसँगको खुला सीमानाका कारण दलालहरुले सुरक्षाकर्मी नभएका स्थानलाई चेलीबेटी ओसारपसार गर्ने मार्गका रुपमा प्रयोग गर्ने गरेका हुन् । सुरक्षाकर्मी राखिएका मार्गहरु दलालले प्रयोग गर्दैनन् ।” 

विगत छ महिनाको अवधिमा बर्दियाका ती संवेदनशील नाकाबाट २४ जना युवतीको उद्धार गरी घर फर्काइएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिनुभयो । 

चेलीबेटी भारत पुर्याउन दलालले बर्दियाकै मानिस प्रयोग गर्ने गरेका छन्, उहाँले भन्नुभयो— विश्वासै गर्न नसक्ने मानिसले औषधि उपचार, किनमेललगायत विभिन्न बहानामा चेलीबेटी भारत पुर्याउने गरेको देखिएको छ । 

मानव ओसारपसार तथा चेलीबेटी बेचबिखन विरुद्ध जिल्लामा काम गर्दै आएका सानाहातहरु नामक संस्थाकाअनुसार बर्दियाका जमुनी, कर्णालीपुर, गुलरिया, गणेशपुरलगायत धनौरा सीमा नाका चेलीबेटीका लागि अति संवेदनशील क्षेत्रको रुपमा रहेका छन् । रासस 

Skip This
Logo