नुवाकोट, ९ साउन ।

१२ वर्षीय बालिकालाई भारतमा लगेर बिक्री गरेको अभियोगमा घ्याङफेदी–७ का ४४ वर्षीय मानबहादुर तामाङ ‘ठिले’लाई प्रहरीले पक्राउ गरेको छ । "/>

१२ वर्षकी बालिकालाई वेश्यालयमा बेचेको अभियोगमा एक पक्राउ

१२ वर्षकी बालिकालाई वेश्यालयमा बेचेको अभियोगमा एक पक्राउ


नुवाकोट, ९ साउन ।

१२ वर्षीय बालिकालाई भारतमा लगेर बिक्री गरेको अभियोगमा घ्याङफेदी–७ का ४४ वर्षीय मानबहादुर तामाङ ‘ठिले’लाई प्रहरीले पक्राउ गरेको छ । 

ठिलेमाथि ती बालिकालाई दस वर्षअघि भारतमा लगेर बिक्री गरेका अभियोग लागेको छ । उनका विरुद्ध १० भन्दा बढी महिलालाई भारतमा लगेर बिक्री गरेको उजुरी जिल्ला प्रहरी कार्यालय नुवाकोटमा परेको प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिनुभयो । 

नुवाकोटको घ्याङफेदीसहित मकवानपुरको साविक हाँडिखोला गाविस वडा नं। १ चकरीमकरीमा समेत बस्ने गरेका ठिलेको मुख्य पेशा मानव बेचविखन रहेको प्रहरीले जनाएको छ । 

नुवाकोटका ती बालिकालाई काठमाडौँमा काम लगाइदिने भन्दै २०६५ साल वैशाखमा ठिलेसहित पाँच जनाको टोलीले भारतको कोलकत्तामा लगेर बिक्री गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ । भारतीय प्रहरीले त्यहाँको एक वेश्यालयमा छापा मार्दा बेचिएको एक महिना पछि नै ती बालिकालाई उद्धार गरी ‘नेपाल गृह’ नामक संस्थाको संरक्षणमा राखिएको थियो । दुई वर्षसम्म ती संस्थाको संरक्षणमा रहेकी ती बालिका विसं २०६७ देखि काठमाडौँस्थित ‘नेपाल गल्र्स’ नामक संस्थाको संरक्षणमा बस्दै आएकी छिन् । 

नुवाकोटका दुई युवतीलाई भारतमा लगेर बिक्री गरेको प्राप्त उजुरीको आधारमा दलाल खोजी गर्दै जाँदा ठिले पक्राउ परेको प्रहरी उपरीक्षक बोहराले बताउनुभयो । बालिकालाई आफूले बिक्री गरेको स्वीकार गरेकाले ठिले विरुद्ध जिल्ला अदालत नुवाकोटमा मानव बेचविखन तथा ओसारपसार विरुद्धको मुद्दा दर्ता गरेको उहाँले बताउनुभयो । 

बालिकालाई भारतमा लगेर बिक्री गर्ने कार्यमा संलग्न अन्य चार जना अझै फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । 

केही दिनअघि नुवाकोटबाट दुई महिलालाई भारतमा लगेर बिक्री गरेको अभियोगमा दुई जनालाई भारतीय प्रहरीले पक्राउ गरिसकेको प्रहरीले जनाएको छ । आवश्यक कानुनी कारबाहीका लागि पक्राउ परेका दुबै जनालाई भारतबाट नुवाकोट ल्याउन लागिएको पनि प्रहरीले जनाएको छ । रासस 

Logo