डा. केसीले थाले फेरि अनसन

डा. केसीले थाले फेरि अनसन


केन्द्रबिन्दु डेस्क । काठमाडौं, ९ साउन ।

आफूले यसअघि गरेका अनशन तोड्दा सरकारले गरेको सहमति कार्यान्वयन नगरेको बताउँदै त्रिवि शिक्षण अस्पतालका प्रा।डा।गोविन्द केसीले आजदेखि फेरि अनशन सुरु गरेका छन् । यसपटक उनका ७ बुँदे माग छन् ।

यसअघि गत कात्तिक २८ गतेदेखि २२ दिन लामो अनशन बसेका डा. केसीको यो ११औं अनशन हो। अहिले उनी शिक्षण अस्पतालको गणेशमान सिंह भवनमा अनसन बसेका छन् ।

उनले पटकपटक आफ्ना माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिँदै आफ्नो अनशनलाई स्थगित गर्दै आएका थिए।

अस्पतालमा पत्रकार सम्मेलन गरेर डा। केसीले अपराहृन ४ बजेबाट आमरण अनसन सुरु गरेको घोषणा गरेका हुन् । उनले आफ्नो अनसनका क्रममा शिक्षण अस्पतालको उपचार सेवा र क्याम्पसको पढाइ नरोक्ने बताएका छन् ।

डा. केसीले केदारभक्त माथेमा आयोगको प्रतिवेदनमा आफूहरूले दिएको सुझावलाई समेटेर ‘एकीकृत चिकित्सा शिक्षा ऐन’ बनाउन माग गरेका छन् । साथै त्रिविले खोसेको अधिकार आइओएमलाई नै फिर्ता गर्न, क्याम्पस प्रमुख र सहायक डिन नियुक्त गर्न र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई कारवाही गर्नुपर्ने समेतका माग उनले गरेका छन् ।

 

Logo